सन्दिपको सबै च्याटहरू भए रिकभर, यस्ता छन् प्रहरीले जुटाएका उम्किनै नसक्ने प्रमाण !

काठमाडौं ।

ना’बा’लिगमाथि ब’ला’त्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा ना’बालिग ब’ला’त्कारसम्बन्धी कानुनानुसार १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उ’मेरकी महिलाको ज’बर’जस्ती क’रणी गर्ने व्यक्तिलाई परिस्थिति हेरेर १० देखि १२ वर्षसम्मको कैद हुने व्यवस्था छ । यसबाहेक पी’डितलाई उचित क्षतिपूर्तिको माग पनि गरिएको छ ।

अभियोजनपत्र दायर भएपछि अदालतमा सन्दीपको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । अदालतले उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्नेबारे आदेश दिनेछ ।

एक ना’बालिगले आ’फूमाथि ब’ला’त्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर ब’ला’त्कार गरेको उल्लेख छ ।

सो होटेलको सीसीटीभी फुटेजमा सन्दीप ती कि’शोरीसँगै प्रवेश गरेको र बाहिरिएको देखिएका छन् । पी’डित किशोरी अहिले माइती नेपालको संरक्षणमा छन् । भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जमैका गएकै बेला उनीविरुद्ध जा’हेरी परेको थियो । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका थिए ।

सन्दीपले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौ’न’जन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

सन्दीपविरुद्ध प्रहरीले जुटाएका प्रमाण !
प्रहरीले संकलन गरेको सन्दीपविरुद्ध सबैभन्दा ठूलो प्रमाणका रूपमा किशोरीलाई ब’ला’त्कार गरिएको भनिएको ‘होटेल काठमाडौं इन’को सीसीटिभी फुटेज हो । त्यहाँ उनी भदौ ५ गते राति पी’डित किशोरीसँग प्रवेश गरेको र अर्को दिन बिहान बाहिरिएको देखिएको छ ।

सो होटेलका कर्मचारीको बयान पनि प्रहरीले लिएको छ । पीडितको बया’न, मेडिकल जाँचलाई पनि प्रमाणका रूपमा लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ गरिएको छ ।

एक अधिकारीले भने, “सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएका छन् । हामीले बलियो रूपमा प्रमाण जुटाएका छौँ । प्रमाणहरू अकाट्य छन् । त्यसैले पनि सन्दीपले उन्मुक्ति पाउँछन् भन्ने हामीलाई लाग्दैन ।”

सन्दीपले सरकारी वकिलको कार्यालयमा र प्रहरीलाई दिएको साबितीमा आफूले एक क्रिकेट खेलाडीमार्फत आफूलाई आरोप लगाउने किशोरीलाई चिनेको बताएका छन् । उनले आफू होटेलमा सँगै बसेको स्वीकार गरेका छन् । तर, यौ’न’जन्य कार्य नगरेको जिकिर गरेका छन् ।

त्यसबाहेक सन्दीप र उनका कानुन व्यवसायीले पी’डित बालिग भएको दाबी गरेका छन् । प्रहरीले पनि पीडितका दुई जन्मदर्ता फेलापारेको छ । एक जन्मदर्तामा उनी बालिग छन् भने अर्कोमा नाबालिग । तर, प्रहरीले उनको नागरिकतामा उल्लेख उमेरलाई आधार मानेको छ । नागरिकताअनुसार पी’डितको उमेर अहिले १७ वर्ष छ ।

सम्बाददाता

Leave a Reply

Next Post

फुटबलमा एन्फाले युरोपियन स्तरको प्रशिक्षक ल्याउने तयारी

Tue Oct 25 , 2022
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत पछि नेपाली फुटबल टिम हाल मुख्य प्रशिक्षक विहिन रहेको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको थियो । फिफाको लामो प्रतिवन्धबाट भर्खरै फुकुवा भएको पाकिस्तानले विस्तारै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सक्रियतालाई तिव्र […]

You May Like

error: