नेपालमा विश्वकप फुटबल हेर्न थप पैसा तिर्नुपर्ने, यसरि उठाइँदैछ ७२ करोड

काठमाडौँ ।

विश्वकप फुटबलका लागि अन्ततः प्रतिसेटअप बक्स ५ सय रुपैयाँ उठाउने निर्णय भएको छ। केवल टेलिभिजन व्यवसायी, नेपालमा विश्वकप फुटबल प्रसारण अधिकार लिएको मिडिया हब र प्रसारण गर्ने टेलिभिजन च्यानलबीच प्रतिग्राहक ५ सय रुपैयाँ उठाउने निर्णय भएको हो।

यसैगरी नेपालमा विश्वकप फुटबल निजी क्षेत्रको हिमालयन टेलिभिजनबाट देखाइने भएको छ। प्रसारणका लागि कान्तिपुर र हिमालयन टेलिभिजनले चासो राखेका थिए।विश्व फुटबल महासंघ (फिफा) सँग यो वर्ष टेरिटोरी लक हुने व्यवस्थासहित प्रसारण अधिकार लिएको मिडिया हबका अनुसार ग्राहकसँग थप शुल्क लिने निर्णय भएको हो।

अब प्रतिसेटअप बक्स अनुसार पैसा उठाउने सूचना दिन मात्रै बाँकी छ। मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताएअनुसार यो वर्ष सबै गरेर ४० करोडको लागतमा फिफाबाट अधिकार लिइएको थियो। जसअनुसार उपभोक्ताबाट थप रकम लिन लागिएको धितालले बताएका छन्।

‘७ देखि ८ लाख ग्राहकले थप शुल्क तिर्ने अनुमान छ। नेटटीभी, क्लियर टीभी, डिस होम, भायोनेट लगायत सबै च्यानलका सेटअप बक्स आधारित भएर थप शुल्क लिने निर्णय भएको हो,’ उनले भने।

ओटीभी प्लेटफर्मबाट समेत विश्वकप देखाउन अन्तिम छलफल भइरहेको छ। त्यसमा नेपाल टेलिकम र एनसेलसँग छलफल भएको छ। तर निर्णय भइसकेको छैन। एनसेल र एनटीसीमध्ये एकले अधिकार लिए २० देखि २२ करोड रुपैयाँसम्ममा कुरा मिलाउने गरी छलफल हुँदैछ छ। दुई कम्पनीले लिँदा कम्पनीहरुबाटै प्रस्ताव गर्न मिडिया हबले भनेको छ।

धिताल भन्छन्, ‘सम्भवत ओटीटी प्लेटफर्मबाट समेत विश्वकप देखाइने छ।’ मिडियाहब प्रालिका कार्यकारी निर्देशक सोम धिताल आफैँ नेपाल विज्ञापन संघका अध्यक्षसमेत हुन्। उनको अनुमान यो वर्षको विश्वकपमा १० करोड हाराहारीमा विज्ञापनबाट मात्रै आम्दानी हुने अनुमान छ।

उनीहरुको अनुमानलाई आधार मान्ने हो भने टेलिभिजन ग्राहकसँग पैसा लिँदा ४० करोड आम्दानी हुने देखिएको छ। ८ लाख ग्राहकबाट ५ सयको दरले ४० करोड शुल्क संकलन हुन्छ। नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार नेट भीभीका १४ लाख हाराहरी ग्राहक छन्।

अन्य सबै गरेर २० लाख हाराहारीमा टेलिभिजनका ग्राहक रहेको देखिन्छ। तीमध्ये ४० देखि ५० प्रतिशतले थप शुल्क तिर्न सक्ने अनुमान छ। जसअनुसार ८ लाख ग्राहकले थप शुल्क तिरेमा ४० करोड रुपैयाँ आम्दानी टेलिभिजनको ग्राहकबाट उठ्ने अनुमान छ। त्यसमा थप ओटीटी प्लेटफर्मबाट २० देखि २२ करोड रुपैयाँ असुल गर्नेगरि छलफल भएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिपको सबै च्याटहरू भए रिकभर, यस्ता छन् प्रहरीले जुटाएका उम्किनै नसक्ने प्रमाण !

Tue Oct 25 , 2022
काठमाडौं । ना’बा’लिगमाथि ब’ला’त्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ । सोही प्रतिवेदनका आधारमा यही कात्तिक १४ गते अभियोजनपत्र दायर गर्ने सरकारी वकिलको कार्यालयको तयारी छ । प्रहरी प्रतिवेदनमा ना’बालिग ब’ला’त्कारसम्बन्धी कानुनानुसार १० […]

You May Like

error: