पुरुष फुटबलको स्वर्ण एपीएफलाई, पेनाल्टी सुटआउटको सिकार बन्यो आर्मी

काठमाडौँ ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै ६-५ ले हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टीमा आर्मीका सेसेहाङ आङदेम्बे र सुमन अर्याल चुकेपछि एपीएफ च्याम्पियन बनेको हो ।

आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे । पेनाल्टीमा एपीएफका नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे । सनिस श्रेष्ठ भने पेनाल्टीमा चुके ।

पेनाल्टी अघि दोस्रो हाफमा दुवै टोलि १० खेलाडीमा समेटिएको थियो । एपीएफका प्रदिप लामा र आर्मीका पदम तामाङले रातो कार्ड पाएका थिए ।

यो पनि : नेपालसंगको खेलको लागि चर्को तयारी गर्दै पाकिस्तान
फिफाको लामो प्रतिवन्धबाट भर्खरै फुकुवा भएको पाकिस्तानले विस्तारै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सक्रियतालाई तिव्र पारेको छ । हालै मात्र काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएर पाकिस्तानको महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पूनःरागमन गरिसकेको छ ।

त्यसैक्रममा पाकिस्तान फुटबल फेडरेशनले नोभेम्बरमा नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने घोषणा गरेको छ । पाकिस्तानी टोली लाहोरमा प्रशिक्षणरत छ । साथै सो प्रशिक्षण पश्चात नेपालसँग खेल्न यता आउने सम्भावना छ ।

नेपाल र पाकिस्तान अन्तिमपटक सन् २०१८ मा भिडेका थिए । त्यतिबेला पाकिस्तानले नेपालमाथि २–१ को जित निकालेको थियो । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण म्याचको मिति तय नभए तापनि यी दुई टोली नोभेम्बरको मध्यतिर भिड्ने सम्भावना छ ।

स्मरण रहोस, नेपालले भर्खरै मात्र बंगलादेशसँग काठमाडौं मै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा नेपालले ३–१ को उत्कृष्ट जित निकाल्न पनि सफल भएको थियो ।

नोभेम्बरमा नेपालसंगको खेलको लागि पाकिस्तानले चर्को तयारी सुरु गरेको छ । जसको फोटो र भिडियो पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो सामाजिक संजालमा शेयर गरेको छ । जसमा फोटो शेयर गर्दै पाकिस्तान फुटबल फेडेरेसन लेख्छ “नेपालका लागि तयारी गर्दै! #पाकिस्तानफुटबल #दिल से फुटबल”।

सम्बाददाता

Leave a Reply

Next Post

लगातार जित निकाल्दै सुपर १२ मा पुगेपछि श्रीलंकाका कप्तानले दिए ठुलो बयान

Thu Oct 20 , 2022
काठमाडौँ । टी–२० विश्वकपको नवौं खेल श्रीलंका र नेदरल्याण्ड्सबीच जिलङमा खेलिएको छ । रोमाञ्चक खेलमा श्रीलंकाले नेदरल्याण्डलाई १६ रनले पराजित गरेको छ । यो जितसँगै समूह ‘ए’ मा चार अंक जोड्दै सुपर १२ मा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन […]

You May Like

error: