हसरंगाको उत्कृष्ट प्रदर्शनमा श्रीलंकाको सानदार जित, जितपछि यस्तो बन्यो अंकतालिका

काठमाडौँ ।

टी–२० विश्वकपको नवौं खेल श्रीलंका र नेदरल्याण्ड्सबीच जिलङमा खेलिएको छ । रोमाञ्चक खेलमा श्रीलंकाले नेदरल्याण्डलाई १६ रनले पराजित गरेको छ । यो जितसँगै समूह ‘ए’ मा चार अंक जोड्दै सुपर १२ मा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । जसको जवाफमा नेदरल्याण्ड्स निर्धारित २० ओभरमा मात्र १४६ रङ बनाउन सक्यो ।   श्रीलंकाका लागि कुसल मेन्डिन्सले सर्वाधिक रन बनाए । उनले ४४ बलमा ७९ रन बनाए ।

उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । यस क्रममा कुसलको स्ट्राइक रेट १७९.५५ थियो । उनी बाहेक चरित असलंकाले ३१, भानुका राजापाक्षेले १९ र पाथुम निसान्काले १४ रनको योगदान दिए । कप्तान दासुन शनाका आठ रन बनाएर आउट भए ।

धनञ्जय डि सिल्भाले खाता खोल्न सकेनन् । वानिन्दु हसरंगाले अविजित पाँच र चमिका करुणारत्नेले अविजित दुई रन बनाए । नेदरल्याण्ड्सका लागि पाउल भान मिकेरेन र बास डी लीडले समान २–२ विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको टोलीले २० ओभरमा नौ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो । उनका खेलाडी म्याक्स ओडाड एक्लै संघर्ष गरे। ओडाडले ५३ बलमा अविजित ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अर्को छेउबाट नेदरल्यान्ड्सको विकेट लगातार गिरिरहेको थियो ।

जसका कारण टोलीले हार बेहोर्नुपरेको थियो । कप्तान स्कट एडवर्ड्सले २१ रनको योगदान दिए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक ३ विकेट लिए । महिश तीक्षानाले दुईवटा सफलता हात पारे।

तर, सुपर–१२ मा श्रीलंका कुन समूहमा जाने निश्चित भइसकेको छैन । नामिबियाको टोलीले युएईविरुद्धको खेलमा ठूलो अन्तरले जित हासिल गरेमा श्रीलंकाको टोली भारतको समूह–२ मा प्रवेश गर्नेछ । अर्कोतर्फ नामिबियाले कम रनको अन्तरले हारे वा जित्यो भने श्रीलंका अष्ट्रेलियाको समूह–१ को शीर्ष स्थानमा रहनेछ ।

अंकतालिका:

दुवै टोलीको प्लेइङ–११
नेदरल्यान्ड्स: म्याक्स ओड, विक्रमजीत सिंह, बास डी लीड, टम कुपर, कोलिन एकरम्यान, स्कट एडवर्ड्स (डब्ल्यू/सी), टिम प्रिन्गल, रोएलोफ भ्यान डेर मर्वे, टिम भान डेर गुगेन, फ्रेड क्लासेन, पल भान मिकरेन।

श्रीलंकाः पाथुम निसान्का, कुसल मेन्डिस (विकेटकीपर), धनंजया डी सिल्भा, भानुका राजपाक्षे, चरित अस्लान्का, दासुन शानाका (सी), वानिन्दु हसरंगा, चमिका करुणारत्ने, लाहिरु कुमारा, महेश टिक्षाना, बिनुरा फर्नान्डो।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपपछि बंगलादेश भ्रमणमा जाँदै भारतीय टोली, यस्तो छ पुरा खेलतालिका

Thu Oct 20 , 2022
काठमाडौँ  । अहिले भारतीय क्रिकेट टोली २०२२ को टी–२० विश्वकपका लागि अष्ट्रेलियाको भ्रमणमा छ । यहाँ टिम इन्डियाले आफ्नो पहिलो खेल २३ अक्टोबरमा पाकिस्तानसँग खेल्नुपर्नेछ तर त्यसअघि नै भारतीय टोलीका लागि नयाँ तालिका आएको छ । यो तालिका भारतको बंगलादेश भ्रमणको हो । वास्तवमा, टीम इण्डियाले यही डिसेम्बरमा बंगलादेश भ्रमणमा […]

You May Like

error: