नेपालले कमजोर टोली भुटानसँग खेल्दै,गोलको वर्षा गर्ने दाउमा नेपाल

काठमाडौं ।

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेल खेल्दैछ।नेपालले दोस्रो खेलमा भुटानको सामना गर्नेछ । ढाकामा हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जितको योजनामा हुनेछ । भुटान भने पहिलो जितको खोजीमा हुनेछ ।यस्तै नेपाल भुटानविरुद्ध लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।नेपालको फराकिलो जितमा वर्षा ओलीले ४ गोल गरिन् । शुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् ।

भुटान नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।आफ्नो पहिलो खेलमा भुटान बंगलादेशसँग ८-० गोल अन्तरले हराएको थियो ।यस्तै नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० ले हराएको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान रहेको छ । भुटान अंक विहीन रहदै पुछारमा छ ।

नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छन् ।

यो पनि पढ्नुहोस्; ओसासुनामाथि बार्सिलोनाको जित, लेवान्डोस्की र पिकेलाई रातो कार्ड

स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि २–१ गोल अन्तरको जित हात पारेको छ।मंगलबारको खेलको छैटौं मिनेटमा नै डेभिड गार्सियाको गोलबाट ओसासुनाले अग्रता लिएको थियो।

तर, खेलको ४८ औं मिनेटमा पेड्रीले बराबरी गोल फर्काएका थिए भने खेलको ८५ औं मिनेटमा राफिन्डाले बार्सिलोनाको लागि विजयी गोल गरेका थिए। यसअघि खेलको ३१ औं मिनेटमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र पहिलो हाफको इन्ज्युरी समयमा जेरार्ड पिके रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि ओसासुनाले त्यसको फाइदा भने उठाउन सकेन।

यससँगै लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले १४ खेलबाट ३७ अंक हात पारेको छ।दोस्रो स्थानमा रहेको रियल मड्रिडले १३ खेलबाट ३२ अंक हात पारेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

Wed Nov 9 , 2022
काठमाडौं। टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलियाको सिड्नीमा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ । न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान विश्वकपको फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, २०२१ मा भएको टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको न्युजिल्यान्ड यो विश्वकपमा […]

You May Like

error: