“चौतर्फी जनाधार ,जितको प्रमुख आधार ” – नेता चौहान

अर्घाखाँची ।

आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका अर्घाखाँची जिल्लाका लोकप्रिय नेता नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् ।

अध्यक्ष राम बहादुर चौहानले आफूले राजनीति जीवनमा आज सम्म सफल भएको र अब पनि अर्घाखाँची जिल्लाको विकासको लागि पुनः सफल हुने बताएका छन्।चौहानले अर्घाखाँची जिल्लामा शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउने ,बेरोजगारी समस्या हल र अर्घाखाँची जिल्लामा कृषि र पर्यटनलाई पहिलो प्राथमिकता दिएको बताएका छन्।

‘ आफूले संविधान , व्यवस्था र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने ,अर्घाखाँची जिल्लाको शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउने , आर्थिक र सामाजिक रुपान्तरणलाई विशेष प्राथमिकता दिने , बेरोजगारी समस्या हल गर्न ध्यान केन्द्रित गर्ने , कृषि र पर्यटनलाई विशेष जोड दिने  चौहानले बताउनु भयो।

यस्तै अर्घाखाँची को विकासमा हुने आएको ढिलासुस्ती र अनियमितताको अन्त्य गर्ने बताउनु भएको छ।आफूले सन्धिखर्क – गोरुसिङ्गे सडकलाई पर्यटकीय सडकको रुपमा बिकास गर्ने बताउनु भएको छ।’सन्धिखर्क – गोरुसिङ्गे सडकलाई पर्यटकीय सडकको रुपमा बिकास गर्ने , अनियमितता , ढिलासुस्ती र जनतालाई सताउने प्रवृत्तिको समुल अन्त्य गर्ने , अर्घाखाँचीका हरेक समस्याहरु लुम्बिनी प्रदेशको सदनमा सबैभन्दा बढी सशक्त ढङ्गले आवाज बुलन्द गर्ने , हरेक खाले विभेदहरुको उछित्व काढ्ने आफ्नो मुख्य योजना रहेको नेता चौहानले बताउनु भयो ‘।

आफूले अर्घाखाँचीको विकासको लागि सदनमा आवाज घन्काउन बताउनु भएको छ।’सदनमा आवाज घन्काउन मलाई किन सजिलो छ भने मैले राजनितिक , सामाजिक , शैक्षिक , सास्कृतिक , कानुनी , पत्रकारिता,स्वास्थ्य लगायत प्रायः सबै महत्त्वपूर्ण क्षेत्रमा लामो अनुभव बटुलिसकेको छु नेेता चौहान।’

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ ।

‘नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण छैन । जनता उहाँको दम्भ, घमण्ड भत्काउन चाहन्छन्,’ नेता चौहानले भने, ‘अर्कोतर्फ जनमोर्चाका नेता सागर केसीको पूर्वी क्षेत्रमा कुनै प्रभाव छैन ।’

लामो समय एमालेको राजनीति गरेका चौहानले एमालेमै रहँदाको आफ्नो विरासत समेत जितको मुख्य आधार रहेको दाबी गरे । अन्तिम समयमा जनमोर्चाका सागर केसीले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका ठाकुर कुमार बि . क . लाई जबर्जस्ति उम्मेदवारी फिर्ता लिन बाध्य पारेका कारण माओवादी केन्द्रको मत समेत आफूले पाउने नेता चौहानको विश्वास छ ।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका नेता चौहानले आफूले आजसम्म गरेका कुनै पनि काममा असफल नभएको भन्दै आफूले नै समृद्ध अर्घाखाँची बनाउने दाबीसमेत गरे ।

अर्घाखाँची प्रदेशसभा (क) मा एकीकृत समाजवादीका चौहानसहित एमालेबाट चेतनारायण आचार्य, गठबन्धनबाट जनमोर्चा नेता सागर केसी, स्वतन्त्रबाट राजन नेपालीलगायत उम्मेदवार चुनावी दौडमा छन्।

खोजदैनिकी संवाददाता:अरुण चौहान।

सम्बाददाता

Leave a Reply

Next Post

पाकिस्तानले भारतसँग विश्वकप म्याच पनि नखेल्ने!

Thu Oct 20 , 2022
काठमाडौं। भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप नखेले भारतमा हुने विश्वकपमा पनि पाकिस्तान सहभागिता नहुने उसले चेतावनी दिएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले एसिया कपमा भारत तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले मंगलबार भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो। मुम्बईमा भएको […]

You May Like

error: