नेपालसंगको खेलको लागि चर्को तयारी गर्दै पाकिस्तान [फोटो भिडियो सहित]

काठमाडौं ।

फिफाको लामो प्रतिवन्धबाट भर्खरै फुकुवा भएको पाकिस्तानले विस्तारै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सक्रियतालाई तिव्र पारेको छ । हालै मात्र काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएर पाकिस्तानको महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पूनःरागमन गरिसकेको छ ।

त्यसैक्रममा पाकिस्तान फुटबल फेडरेशनले नोभेम्बरमा नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने घोषणा गरेको छ । पाकिस्तानी टोली लाहोरमा प्रशिक्षणरत छ । साथै सो प्रशिक्षण पश्चात नेपालसँग खेल्न यता आउने सम्भावना छ ।

नेपाल र पाकिस्तान अन्तिमपटक सन् २०१८ मा भिडेका थिए । त्यतिबेला पाकिस्तानले नेपालमाथि २–१ को जित निकालेको थियो । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण म्याचको मिति तय नभए तापनि यी दुई टोली नोभेम्बरको मध्यतिर भिड्ने सम्भावना छ ।

स्मरण रहोस, नेपालले भर्खरै मात्र बंगलादेशसँग काठमाडौं मै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा नेपालले ३–१ को उत्कृष्ट जित निकाल्न पनि सफल भएको थियो ।

नोभेम्बरमा नेपालसंगको खेलको लागि पाकिस्तानले चर्को तयारी सुरु गरेको छ । जसको फोटो र भिडियो पाकिस्तान फुटबल फेडेरेसनले आफ्नो सामाजिक संजालमा शेयर गरेको छ । जसमा फोटो शेयर गर्दै पाकिस्तान फुटबल फेडेरेसन लेख्छ “नेपालका लागि तयारी गर्दै! #पाकिस्तानफुटबल #दिल से फुटबल”।


फिफा वरियता हेर्ने हो भने नेपाल पाकिस्तान भन्दा अघि रहेको छ तर अहिले सम्मको खेलमा हेर्ने हो भने पाकिस्तान नेपालमाथि भारि पर्दै आएको छ । अहिलेको फिफा वरियता अनुसार नेपाल १७५ औ स्थानमा छ भने पाकिस्तान नेपाल भन्दा १९ स्थान पछाडी १९४ औ स्थानमा रहेको छ ।

नेपाल र पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म १७ पटक भेटेका छन् । जसमध्ये नेपालले पाँच खेलमा जित र सात खेलमा हार बेहोरेको छ । भने पाँच खेल बराबरीमा सकिएको छ । ३० अप्रिल १९८५ मा भएको  पाकिस्तान संग को पहिलो खेलमा १-० ले नेपाल पराजित भएको थियो।

२५ डिसेम्बर १९८५ भएको दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई गोल रहित बराबरीमा रोकेको थियो। ०१ मे १९८६ भएको खेलमा नेपालले पाकिस्तान माथि किर्तिमानी जित हासिल गरेको थियो। उक्त खेलमा नेपाल २-० ले विजय भएको थियो।

भने ०२ मे १९८६ भएको खेलमा नेपाल माथि कीर्तिमानी जित हासिल गरेको थियो।उक्त खेलमा पाकिस्तान नेपाल माथि ५-० गोलले पराजित भएको थियो।सन् १९८९ अक्टोबर २२ भएको दक्षिण एसियाली खेलकुदमा नेपालले पाकिस्तानलाई गोल रहित बराबरीमा रोकेको थियो।

सन् १६ जुलाई १९९३ भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १-१ मा रोकेको थियो।भने २९ मार्च १९९५को दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप नेपाली पाकिस्तान माथि कीर्तिमानी जित हासिल गरेको थियो।दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपाली पाकिस्तानलाई २-० गोलले हराएको थियो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपले आयोजना गरेकी ०४ सेप्टेम्बर १९९७मा नेपाल पाकिस्तान सँग २-० गोलले पराजित भएको थियो।

२८ सेप्टेम्बर १९९९ मा भएको दक्षिण एसियाली महासंघ खेलमा नेपालले ३-१ गोलले हराएको थियो।२५ मार्च २००८ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-१ले विजय भएको थियो। २७ मार्च २००८ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ०-२ गोलले पाकिस्तान विजय भएको थियो।

०७ जुन २००८ दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा पाकिस्तान १-४ नेपालले नेपाल विजय भएको थियो।०६ डिसेम्बर २०११ पाकिस्तान १-१ नेपाल, दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा भएको थियो।०६ फेब्रुअरी २०१३ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ०-१ ले पराजित भएको थियो।

०९ फेब्रुअरी २०१३अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ०-१ ले नै पराजित भएको थियो। ०३ सेप्टेम्बर २०१३ भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा  नेपाल १-१ को बराबरी गरेको थियो।०४ सेप्टेम्बर २०१८ भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा नेपाल १-२ले पराजित भएको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

दौडदै गर्दा पल्टिए ब्याट्सम्यान, भुइँमा लडेरै पूरा गरे रन [भिडियो सहित]

Wed Oct 19 , 2022
काठमाडौँ । क्रिकेटमा धेरै रमाइला घटनाहरू देख्नु भएको होला। कहिले फिल्डरको साधारण क्याच छोडेर, कहिले ब्याट्सम्यानबीचको समन्वयको गडबड । तर, अहिले क्रिकेट मैदानबाट यस्तो भिडियो बाहिर आएको छ, जुन देखेर मानिसहरुलाई आफ्नो हाँसो रोक्न गाह्रो परेको छ । फ्यानहरूले यो क्रिकेटको सबैभन्दा रमाइलो भिडियो भएको बताएका छन् । यो भिडियो […]

You May Like

error: