काठमाडौं।
जिम्बाब्वेलाई ३१ रनले पराजित गर्दै वेस्टइन्डिजले अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपमा पहिलो जित हात पारेको छ। पहिलो खेलमा वेस्टइन्डिज स्कटल्याण्डसंग पराजित भएको थियो। जिम्बाब्वेले पहिलो खेलमा आयरल्याण्डलाई ३१ रनले पराजित गरेको थियो।
पहिलो खेलमा आयरल्याण्ड जिम्बाब्वेसंग ३१ रनले पराजित भएको थियो।होबार्ट स्थित बेलिरिभ ओभलमा सम्पन्न समुह ‘बि’ को खेलमा वेस्टइन्डिजले दिएको १५४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १८.२ ओभरमा १२२ रन मात्र बनायो।
लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ६४ रन बनाउदा ५ विकेट गुमायो। त्यसपछि रायन बर्ल र लुक जोंग्वे केहि बेर क्रिजमा जमेता पनि लामो समय क्रिजमा जम्न सकेनन्। जोंग्वेले २९ तथा बर्लले १७ रन बनाए भने सिकन्दर राजाले १४ रन मात्र बनाउन सके।
वेस्टइन्डिज बलर अल्जारी जोसेफ एक्लैले करियर उत्कृस्ट स्पेल दर्ता गर्दै ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १६ रन खर्चिए। जेसन होल्डरले ३ विकेट लिए भने अकेल होसेन, ओबेद मयाकोय र ओडेन स्मिथले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो।विन्डीज ओपनर जोन्सन चार्ल्सले सर्वाधिक ४५ रन बनाए। रोभम्यान पावेलले २८, अकेल होसेनले २३ रन बनाए। १०१/६ को अवस्थामा पावेल र होसेनले २४ बलमा ४९ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए।
जिम्बाब्वेको बलिंगमा सिकन्दर राजाले ३ विकेट, ब्लेसिंग मुजरबानीले २ विकेट तथा सिन विलियम्सले १ विकेट लिए।आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतकै खेलमा आयरल्याण्डले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो।बेलिरिभ ओभल, होबार्टमा सम्पन्न समुह ‘बि’ को खेलमा स्कटल्याण्डले दिएको १७७ रनको लक्ष्य आयरल्याण्डले एक ओभर बाँकी रहंदा ४ विकेट क्षेतीमा भेटायो।आयरल्याण्डले लक्ष्य पछ्याउने क्रममा ६१ रनमा ४ विकेट गुमाएको थियो।
अंकतालिका
जितपछि समुह ‘बि’ को अंकतालिका रोचक बनेको छ सबै ४ वटा टिमले ( स्कटल्याण्ड, जिम्बाब्वे, वेस्टइन्डिज, आयरल्याण्ड ) २ वटा खेल खेल्दा १ जित र १ हार बेहोरेका छन्।