काठमाडौं।
प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता छनोट अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा कपिलवस्तुले नवलपरासीविरुद्ध कपिलवस्तुका कप्तानी बसिर अहमदले उत्कृष्ट सतक बनाएका छन्। नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर बसिर अहमदको कप्तानीमा रहेको कपिलवस्तुका बसिर लले विष्फोटक शतक हानेका छन् ।
नेपाली क्रिकेट टोलीका युवा अलराउन्डर बसिर अहमदले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता लुम्बिनी प्रदेश छनोटमा कपिलवस्तुबाट नवलपरासीविरुद्ध खेल्दै विष्फोटक शतक हानेका छन् ।आजदेखि सुरु भएको प्रतियोगितामा रुपन्देहीको सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको छ ।
कपिलवस्तुको कप्तानी गर्दै बसिर अहमदले १ सय २१ बलमा ११ चौका र ५ छक्कासहित १ सय ३९ रनको विष्फोटक इनिङ खेलेका थिए । शिव कुमारले ३७ रनको योगदान दिएका थिए।
राजले १४ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए।ओपनर आकाश त्रिपाठीले १६ रनको योगदान दिएका छन्।राम निवास यादवले १८ रनको योगदान दिएका थिए। इमरान खानले १५ रनको योगदान दिएका थिए।मोहम्मद हुसैन १० रनमा आउट भए ।
नवलपरासीका रोशन लाल गुप्ताले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ३ विकेट लिए । प्रधानमन्त्री कप कार्तिक १२ देखि सुरु हुनेछ । प्रदेशहरु छनोट गरि रहेका छन् ।
श्रीलंकाले दियो यूएईलाई विशाल लक्ष्य
विश्व कपमा श्रीलंकाले यूएईलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।युएईका युवा स्पिनर कार्तिक मयाप्पनले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् ।उनले यस विश्व कप २०२२ मा ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन्।
युएईका युवा स्पिनर कार्तिक मयाप्पनले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् ।टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्कासँगकाे खेलमा यूएईका बलर कार्थिक मयप्पनले ह्याट्रिक गरेका छन् ।
खेलकाे १५ औँ ओभरकाे अन्तिम तीन बलमा लगातार विकेट लिँदै २२ वर्षीय मयप्पनले ह्याट्रिक गरेका हुन् । उनले श्रीलङ्काका भानुका राजपाक्ष, चरिता असलङ्का र दसुन सनाकाकाे विकेट लिएका हुन् ।
कार्तिकले १५ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । कार्तिकले १५ औं ओभरको चौथो बलमा भानुका राजपक्षेलाई डिप कभरमा पाँच रनमा कासिफ दाउदबाट क्याच गराए ।