गण्डकी प्रदेशलाई पराजित गर्दै आर्मी फाइनल प्रवेश

काठमाडौं।

सेमिफाइनलमा स्थानीय टिम गण्डकी प्रदेशलाई पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा पुगेको त्रिभुवन आर्मी क्लबले कम्तिमा रजत पदक पक्का गरेको छ ।मंगलबार पोखरा रंगशालामा भएको खेलमा आर्मीका लागि एक मात्र गोल सुदील राईल गरे ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।यद्यपि, निरन्तर आक्रमण गरिरहेको आर्मीका लागि ५८औं मिनेटमा सुदीलले गोल गर्दै ‘डेडलक’ तोडेका थिए । सोहत्याही एक मात्र गोल निर्णायक बन्दा आर्मीले फाइनल यात्रा तय गर्यो ।

आर्मी समूह ‘सी’ को विजेताको हैसियतमा अन्तिम चारमा आइपुगेको थियो । आर्मीले लिगचरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ गोलले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।यस्तै मंगलबार नै समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

भारत विश्वकप बाट बाहिरियो 

भारतको भुवनेश्वरमा जारी फिफा यु-१७ महिला विश्वकप २०२२ मा सोमबार भुवनेश्वरको कलिंगा स्टेडियममा भएको भारत र ब्राजिल बिचको खेलमा भारि गोलान्तरले भारतले हार बेहोरेको छ । यो हार संगै भारतको बाटो सक्किएको छ ।

समुह ए को खेलमा भारत ब्राजिलसँग ०-५  गोलान्तरले पराजित भएको छ। पहिलो हाफमा ब्राजिल २–० ले अगाडि थियो ।  तीन खेलमा गोल गर्न नसक्दा आफ्नो अभियान समाप्त गरेको भारतले ३१औं मिनेटमा काउन्टर आक्रमणमा नेहाले काउन्टर अट्याक गर्दा उत्कृष्ट मौका पाएको थियो ।

पहिलो हाफमा एक समय थियो जब ब्राजिलले लगातार तीन कर्नर किकहरू बाध्य पारेको थियो, तर भारतीय डिफेन्सले प्रत्येक पटक खतरालाई टार्न सफल भयो। दोस्रो हाफमा भारतले सुरु भएको ६ मिनेटमा नै तेस्रो गोल खाएको थियो । क्लोजबाट चार मिनेटमा, वैकल्पिक लाराले चौथो गोल गर्न सफल भइन।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपमा यूएईका बलरले बनाए विश्व किर्तीमान

Tue Oct 18 , 2022
काठमाडौं। विश्व कपमा श्रीलंकाले यूएईलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।युएईका युवा स्पिनर कार्तिक मयाप्पनले आइसिसी टि२० विश्वकपमा श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका छन् ।उनले यस विश्व कप २०२२ मा ह्याट्रिक लिने पहिलो खेलाडी […]

You May Like

error: