मुलपानीमा ज्ञानेन्द्रले चौका छक्काको वर्षा गर्दै बनाए सानदार सतक

काठमाडौं।

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आइतबार शतक प्रहार गरेका छन् । प्रधानमन्त्री कप क्रिकेटका लागि भएको वाग्मती प्रदेश छनोट खेलमा काठमाडौं जिल्लाका कप्तान ज्ञानेन्द्रले भक्तपुरविरुद्ध शतक बनाएका हुन्।

उनले भक्तपुरविरुद्ध १ सय १३ रन बनाएका हुन् । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मल्लको शतक सहित काठमाडौंले भक्तपुरविरुद्ध ५४ रनको सानदार जित हासिल गरेको हो।

काठमाडौंका लागि ज्ञानेन्द्र मल्लले सतक र ओपनर इशान पाण्डेले अर्धसतक प्रहार गरेको थियो।वाग्मती प्रदेश छनोट खेल ४० ओभरको भएको थियो। २२८ रनको लक्ष्य पछ्याएको भक्तपुरले ९ विकेट गुमाई १ सय ७८ रनमात्र बनाउन सक्यो ।काठमाडौंको जितको लागि ज्ञानेन्द्र मल्लले ९८ बल खेली ६ चौका र ६ छक्का प्रहार गरे ।

निर्धारित ४० ओभरको खेलमा उनी अन्तिम बलमा आउट भए । ज्ञानेन्द्रको प्रयासमा काठमाडौंले ५ विकेट गुमाई २ सय २८ रन बनायो । ज्ञानेन्द्र ४० ओभरको अन्तिम बलमा विनित दासबाट बोल्ड भए ।

ओपनर इशान पाण्डेले ८९ बल खेली ४ चौका र १ छक्कासहित ५३ रन बनाए । रित गौतम १३, रविन जोशी २ रनमा आउट भए । उत्तम थापाले २३ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । प्रतिस जिसी २ रनमा अविजित रहे । भक्तपुरका रामाशिस महतोले ३ र विनितले २ विकेट लिए ।

जवाफमा आएको भक्तपुरले ९ विकेट गुमाई १ सय ९ विकेट गुमाई १ सय ७८ रनमात्र बनाउन सक्यो । ओपनर सौरभ साखकर्मीले ६० रन बनाए । उनले ८८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर सर्वोच्च बस्नेतले २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी २७ रन बनाए । क्यान्डी कामीले १५ र सुवास खत्रीले १३ रन बनाए । काठमाडौंका आरियो पौडेल र दीपक महतोले ३–३ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

मुलपानीमा दुर्गेशले चौकाको वर्षा गर्दै सतक प्रहारबाट चुके

Sun Oct 16 , 2022
काठमाडौं। प्रधानमन्त्री कप क्रिकेटका लागि भएको वाग्मती प्रदेश छनोट खेलमा ललितपुरले नुवाकोटलाई विशाल रनले पराजीत गरेका छन।आज भएको खेलमा ललितपुरले नुवाकोटलाई १ सय १८ रनले पराजित गरेको छ ।ललितपुरले दिएको २०४ रनको लक्ष्य पछ्याएको नुवाकोटले मात्र ९१ रनमा सबै विकेट गुमाएको थियो। ललितपुरले २०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।ललितपुरको लागि […]

You May Like

error: