कुशलको टोली ग्वादार शार्कलेको विशाल हार,यस्तो बन्यो अंक तालिका

काठमाडौं ।

पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर कुशल मल्ल आबद्ध ग्वादार शार्कले आफ्नो चौथो खेलमा पराजित भएको छ।हिजो शुक्रबार साझा भएको खेलमा ग्वादार शार्क बाहवालपुर रोयल्ससँग ८ विकेटको विशाल हार बेहोरेको हो।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी क्रिकेट मैदानमा भएको खेलमा बाहवालपुर रोयल्ससँग पराजित भएको हो।ग्वादार शार्कले ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।मात्र ११८ रनको लक्ष्य पछ्याएको बाहवालपुर रोयल्सले १४.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।

टस हारेर पहिले ब्याटिङ गरेको कुशल मल्ल आबद्ध ग्वादार शार्कले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।आबद्ध ग्वादार शार्कका लागि हसीब नज़ीमले २३ बलमा २६ रनको योगदान दिएका थिए।भने  डेनियल इब्राहिम २४ बलमा २५ रनको योगदान दिएका थिए।बाहवालपुर रोयल्सको लागि नांगेयलिया खरोतीले पनि ४ ओभरमा २० रन दिएर दुई विकेट लिएका थिए।सज्जाद अलीले पनि समान ४ ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए।

यस अघि ११८ रनको लक्ष्य पछ्याएको बाहवालपुर रोयल्सले मात्र २ विकेट गुमाएर भेट्टायो ।यसका लागि शावेज इरफान विस्पोटका अर्धसतक प्रहार गरेको थियो।उनले ३० बलमा ५० रन बनाएका थिए।भने तैयब आरिफले ३३ बलमा ४१ रनको योगदान दिएका थिए।ग्वादार शार्कलेको लागि अराफात मिहासले १५ रन दिएर एक विकेट लिएका थिए।

यस अघि भएको पहिलो खेलमा शार्कले रावलपिण्डी राईडर्सलाई,दोस्रो खेलमा हैदराबादलाई तथा तेस्रो खेलमा गुजरनवाला जाईन्ट्सलाई पराजित गरेको थियो। यो सबै चौथो खेलमा कुशल भने बेन्चमा रहेका छन।

तीन जितका साथ शार्क अंकतालिकाको र्शीष स्थानमा रहेको छ । पीजेसीएलको ड्राफ्टबाट कुशललाई ग्वादार शार्कले छैटौं चरणमा अनुबन्ध गरेको थियो ।१८ वर्षीय कुशलले नेपालका लागि ८ एकदिवसीय तथा १५ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

कुशलले कम उमेरमा एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतकको कीर्तिमान समेत बनाएका थिए । कुशल यस अघि यूएईमा आयोजना हुने टी-१० लिगमा समेत सहभागीता जनाईसकेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

विश्वकपमा भारतको अर्को विशाल हार,भारत समूह चरणबाट बाहिरियो

Sat Oct 15 , 2022
काठमाडौं। भारतको विभिन्न स्थानमा जारी यु १७ विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ ।हिजो राती भएको खेलमा भारतको महिला यु १७ टिम मोरक्कोको टिम सँग ३-० गोलले पराजित भएको छ।पहिलो हाफमा गोल रहित बराबरी गरेको भारतले दोस्रो हाफमा ३ गोल खाएको हो । मोरक्कोले खेलको ५१ औं मिनेटमा फिफा […]

You May Like

error: