अञ्जन चम्किँदा बाग्मतीको विजय सुरुवात

काठमाडौं ।

बागमती प्रदेशले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा बागमतीले मधेष प्रदेशलाई २–० को नतिजामा निराश पार्यो ।

बागमतीको जितमा दुवै गोल दोस्रो हाफमा राष्ट्रिय टोलीका दुई स्टार सुनील बल र अञ्जन बिष्टले गरेका थिए । सुनीलले समय सकिन ६ मिनेट बाँकी रहँदा गोल गर्दै दिलाएको अग्रतालाई अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै दोब्बर पारे । अञ्जनले खेलको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यसअघि पुरुष फुटबलको विवादास्पद खेलमा एनआरएनएले प्रदेश एकलाई २–० को नतिजामा हराएको थियो । एनआरएनएका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगर र संजोक राईले गोल गरेका थिए ।

यो पनि पढ्नुहोस :विमल र संजोकको उत्कृष्ट गोलमा एनआरएनएको विजय सुरुवात
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ ।पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।

एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गरे ।खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २-० को जित दिलाए ।खेल समयमा सुरु हुन नसकेका कारण दुवै हाफ ३५-३५ मिनेटमा घटाइएको खेलको ४५औं मिनेटमा विमलले दोस्रो गोल गरेका थिए ।

नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को टिमबाट विमल घर्ती मगर, विशाल राई, पुजन उपरकोटी लगायत राष्ट्रिय खेलाडीले रहेका छन ।तर प्रदेश एकको टिम नआइपुगेका कारण खेल सुरु हुन सकेको थिएन।

तर, एनआरएनएको टोलीमा रहेका नेपाली राष्ट्रिय खेलाडीहरुको उपस्थितीका कारण पनि खेल विवादमा आउने भएको छ ।राष्ट्रिय खेलुकदको नियमावली विपरित एनआरएनएले नेपाली राष्ट्रिय टोलीका पुजन उपरकोटी, विमल घर्तीमगर अनन्त तामाङ, संजोक राई, सुजल श्रेष्ठ, विशाल राईलगायतका खेलाडी छन् । तर प्रदेश एकले विपक्षी टोलीमा गैह्र एनआरएन खेलाडी भएमा नखेल्ने बताएको थियो।तर खेल भने भएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने, यस्तो छ तोकिएको मिति

Thu Oct 13 , 2022
काठमाडौं । फिफाको लामो प्रतिवन्धबाट भर्खरै फुकुवा भएको पाकिस्तानले विस्तारै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सक्रियतालाई तिव्र पारेको छ । हालै मात्र काठमाडौंमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाएर पाकिस्तानको महिला फुटबल टोलीले अन्तर्राष्ट्रिय फुटबलमा पूनःरागमन गरिसकेको छ । त्यसैक्रममा पाकिस्तान फुटबल फेडरेशनले नोभेम्बरमा नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने घोषणा गरेको […]

You May Like

error: