काठमाडौं।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुआत गरेको छ ।पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार प्रदेश १ लाई हराउँदै एनआरएनएले सुखद सुरुआत गरेको हो ।
एनआरएनएको जितमा विमल घर्तीमगर र संजोक राईले एक एक गोल गरे ।खेलको आठौं मिनेटमा विमलले गोल गर्दै एनआरएनएलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ५५ औं मिनेटमा संजोकले गोल गर्दै एनआरएनएलाई २-० को जित दिलाए ।खेल समयमा सुरु हुन नसकेका कारण दुवै हाफ ३५-३५ मिनेटमा घटाइएको खेलको ४५औं मिनेटमा विमलले दोस्रो गोल गरेका थिए ।
नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को टिमबाट विमल घर्ती मगर, विशाल राई, पुजन उपरकोटी लगायत राष्ट्रिय खेलाडीले रहेका छन ।तर प्रदेश एकको टिम नआइपुगेका कारण खेल सुरु हुन सकेको थिएन।
तर, एनआरएनएको टोलीमा रहेका नेपाली राष्ट्रिय खेलाडीहरुको उपस्थितीका कारण पनि खेल विवादमा आउने भएको छ ।राष्ट्रिय खेलुकदको नियमावली विपरित एनआरएनएले नेपाली राष्ट्रिय टोलीका पुजन उपरकोटी, विमल घर्तीमगर अनन्त तामाङ, संजोक राई, सुजल श्रेष्ठ, विशाल राईलगायतका खेलाडी छन् । तर प्रदेश एकले विपक्षी टोलीमा गैह्र एनआरएन खेलाडी भएमा नखेल्ने बताएको थियो।तर खेल भने भएको छ।
यातायातको समस्याका कारण समयमा गोस्टेघाट पुग्न नसकेको बताउँदै उनले थपे, ‘एकदमै टाढाको मैदानमा फुटबल राखेको छ । यातायातको उचित व्यवस्था छैन । त्यही कारण हामी ढिलो भयौं । ‘प्रतियोगिता अन्तर्गत आज हुने दोस्रो खेलमा वागमती र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।
यस्तै गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम (ओलम्पिक टर्च) लुम्बिनी पुर्याईएको छ ।उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले बिहीबार ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी पुर्याइएको हो ।
नवौं राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याइएको हो।लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार विहान लुम्बिनीको शान्तिदीप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम समेत गरिएको नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए ।