सन्दीप लामिछानेलाई आज अदालत लगिँदै,यस्तो छ सन्दीपको बयान

काठमाडौं।

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबा लिगमाथि जब रजस्ती कर णी गरेको जाहे रीका आधारमा असोज २० गते पक्रा उ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।

गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रह रीले अनु सन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबा लिगमाथि जबर जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जा हेरी परेको थियो।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले प क्राउ गरेको थियो।उनीमाथि प्रहरी वृत्त गौशालाले अनु सन्धान गरिरहेको छ।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबा लिगलाई पटक-पटक बला त्कार गरेको आ रोप लागेको थियो।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जा हेरी परेको थियो। जा हेरी आएकै दिन प्रहरीले नाबा लिगको स्वास्थ्य परीक्षण गराएको थियो।यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।

न्यायाधीशसमक्ष सन्दीप लामिछानेको बयान
सन्दीप लामिछानेमाथि बला त्कार आ रोप लगाएकी पी डित ना बालिग नभएको उनका वकिलले दाबी गरेका छन्।सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदा लत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबा लिग नभएको दाबी गरेकी हुन्।

‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

सन्दीप लामिछानेले इजला समा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पी डित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताए। पी डितका कागजातबारे भने आफू अनभिज्ञ रहेको उनले बताए।

‘उमेरको विषयमा म अझै अनभिज्ञ छु। मसँग कागजातहरू भएन। मैले अर्को वकिलसँग बुझ्न पनि पाएको छैन,’ उनले भने, ‘सन्दीपले श्रीमानसमक्ष बाटोमा कुराकानी हुँदा पी डितले आफू चाहिँ १९ वर्षकी हुँ भनेर तीनचोटिसम्म भनेको भनेर भन्नुभएको छ।’

त्यस्तै, यस मुद्दा लाई चाँडो टुंगोमा पुर्‍याउन पनि वकिलहरूले माग गरेका छन्।गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे पनि दसैं बिदाका कारण अदालत बन्द थियो।प्रहरीले त्यही दिनदेखि लागू हुनेगरी १० दिनको म्याद माग गरेको पनि घिमिरेले बताए।

‘सन्दीप एक व्यक्ति मात्रै नभएर संस्थासमेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्रयाकमा लग्नुपर्छ भनेर माग गरेका थियौं। एकतर्फको अनु सन्धान सकिसकेको छ। अब सन्दीपको बयान लिन धेरै समय लाग्दैन,’ घिमिरेले भने, ‘प्रहरीले पक्राउ परेको दिनदेखि १० दिन हिरासतमा राख्न अनुमति माग्नुभएको थियो। त्यसमा अब्जेक्सन गरेका थियौं। पक्राउ परेको दिनदेखि भनेको हुँदा हामीले केही भनेनौं। सात दिनको म्याद दिनुभयो।’

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबा लिगलाई पटक-पटक बला त्कार गरेको आरोप लागेको थियो। लामिछानेले इज लासमा त्यसको प्रतिकार समेत गरेका छन्।आफैंले बोलाएर नभई पी डित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताए।

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

किशो'रीको बुुवाले बताए वास्तविक उमेर,कति हो वास्तविक उमेर?

Thu Oct 13 , 2022
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबा लिगमाथि जब रजस्ती कर णी गरेको जाहे रीका आधारमा असोज २० गते पक्रा उ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो। गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रह रीले अनु […]

You May Like

error: