हिरासतमा रहेका सन्दीपलाई आईसिसीले दियो केही राहतको खबर

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नयाँ वरियता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी अलराउन्डर वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता यथावत रहेको हो ।

दीपेन्द्र यस अघि ९ औं स्थानमा रहेका थिए । नयाँ वरीयतामा दीपेन्द्र ९ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङतर्फ कुशल भुर्तेल र दीपेन्द्रको वरीयता भने एक स्थान तल झरेको छ । नयाँ वरीयतामा कुशल ५५ औं र ६२ औं स्थानमा रहेका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने भने ६६ औं स्थानमा यथावत रहेका छन् ।ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहेका छन् ।बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहदा अलराउण्डरमा मोहम्मद नाबी शीर्ष स्थानमा यथावत रहेका छन् ।

नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नितान्त आफ्नो प्रतिभा र मेहनतको बलमा कलिलै उमेरमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए सन्दीपले । नामसँगै दाम पनि यथेष्ट कमाइरहेका थिए । तर, मान्छेका दुर्दिन कतिबेला सुरु हुन्छन्, कसले पूर्वानुमान लगाउन सक्छ र ?

एकैपटक धरहराको उचाइबाट खसेर भूईंमा पछारिएका छन् सन्दीप । जक (ज’बर’जस्ती कर’णी)को आरो’पमा जा’हेरी परेसँगै उनको रुमानी यात्रामा ब्रेकमात्र लागेको छैन, अहिलेसम्म कमाएको नाम र प्रतिष्ठामा डढेलो लागेको छ । धूलो टक्टकाउँदै उठेर फेरि पुरानो लय समात्न त्यति सजिलो देखिँदैन ।

सम्बाददाता

Leave a Reply

Next Post

सौरभ गांगुलीको ठाउमा यी बन्दैछन बीसीसीआई अध्यक्ष, गांगुलीलाई पुगेन समर्थन

Wed Oct 12 , 2022
काठमाडौँ । बीसीसीआईका शीर्ष अधिकारीहरूको बैठक मुम्बईमा हुने भएको छ, जसमा धेरै महत्त्वपूर्ण विषयमा निर्णय लिइनेछ। भारतका पूर्व कप्तान तथा वर्तमान बीसीसीआई अध्यक्ष सौरभ गांगुलीको कार्यकाल सकिन लागेको छ । उनको स्थानमा पूर्व भारतीय अलराउन्डर रोजर बिन्नी सबैभन्दा बलियो दावेदार बनेका छन् । बीसीसीआई अध्यक्ष सौरभ गांगुलीको पद छाड्ने तय […]

You May Like

error: