पटक पटक धाउदा पनि प्रहरीले सोमपाललाई दिएन सन्दीपसँग भेट्न

काठमाडौ।

काठमाडाैं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । अनुसन्धानकाे लागि लिइएकाे म्याद पर्सि २७ गते सकिदैछ । चार दिनअघि प’क्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन।

दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराएकाे हाे । क्रिकेटर सन्दीप लामिछानेलाई ब’ला’त्कारको आ’रोप लगाउने कि’शोरी ना’बालिग नभएको दाबी गरिएको छ । सन्दीपका वकिलले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यु’वती नाबा’लिग नभएको दाबी गरेका हुन् ।

बयानका क्रममा सन्दीपले न्यायाधीशसामू आरोप लगाउनेले आफूसँगको भेटका क्रममा १९ वर्ष उमेर बताउने गरेको बताएका थिए । यस्तै वकिल सरोज घिमिरेले अध्ययन प्रयोजनका लागि किशोरीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको पाइएको दाबी गरे । म्याद थपअघि सन्दीपले आफू निर्दोष रहेको भन्दै आत्मविश्वासका साथ न्यायाधीशसामू आफ्नो कुरा राखेका थिए ।

उनले आफ्नो गोपनीयता भंग गरेको अवस्थामा त्यसको वैकल्पिक उपचार पनि छ कि हुँदैन भनेर समेत प्रश्न गरेका थिए । प्रहरी बृत्त गौशालाको हि’रासतमा राखिएका क्रिकेटर सन्दीप लामिछानेसँग भेट्न नदिएको गुनासो उनका टिममेट सोमपाल कामीले गरेका छन्। तीन दिनदेखि गौशाला बृत्त पुग्दै फर्किरहेका उनले अनेक बहानामा प्रहरीले आफूलाई सन्दीपसँग भेट्न नदिएको बताएका छन्।

‘तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु। तर विभिन्न बहाना गरेर भेट्न दिएको छैन’, उनले भने, ‘कहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।’ सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीपसँग भेट्न दिएन।

अधिवक्ता रिजालले पी’डित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा ना’बालिग नदेखिएको बताइन् । सन्दीप विदेशमा रहेका बेला उनीमाथि ब’ला’त्कारको आरोप लागेको थियो। प’क्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आ’त्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै प’क्राउ गरेको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

लाइभ म्याचमा अम्पायरसँग झगडा गर्दै मोहम्मद सिराज, लाग्न सक्छ मोटो जरिवाना[भिडियो सहित]

Mon Oct 10 , 2022
काठमाडौँ । भारतले उत्कृष्ट खेल प्रदर्शन गर्दै दक्षिण अफ्रीकालाई राँचीमा खेलिएको दोस्रो एक दिवसिय क्रिकेट प्रतियोगितामा सात विकेटले हराएको छ । यो जीतसंगै भारतले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । अब दुबै टीमबीच मंगलबार तेस्रो तथा निर्णायक खेल खेलिने छ । आईतबारको खेलमा दक्षिण अफ्रीकाले भारतलाई जीतका […]

You May Like

error: