ओपनरको सानदार ब्याटिंगमा बंगलादेश बिरुद्द न्युजिल्याण्डको सानदार जित

काठमाडौँ ।

क्राइस्टचर्चमा जारी न्युजिल्यान्ड टी–२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा न्युजिल्याण्डले बंगलादेश लाई ८ विकेटले हराउँदै पहिलो जित दर्ता गरेको छ । बंगलादेशले पहिले खेल्दै २० ओभरमा ८ विकेट गुमाएर १३७/८ रनको मामूली स्कोर बनाएको थियो ।

जसको जवाफमा न्युजिल्यान्डले १७.५ ओभरमा मात्र दुई विकेट गुमाएर जित हात पारेको थियो। चार ओभरमा मात्र १४ रन दिएर दुई विकेट लिएका माइकल ब्रेसवेल म्यान अफ द म्याच घोषित भए ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थिएन र नियमित अन्तरालमा झट्का खाइरहेको थियो । नजमुल हुसेन शान्तोले ३३ र अफिफ हुसेनले २४ रनको उपयोगी पारी खेले भने अन्त्यमा नुरुल हसनले १२ बलमा २५ रनको द्रुत इनिङ खेल्दै टोलीलाई १४० रनको नजिक पुर्याए ।

न्यूजिल्याण्डका लागि माइकल ब्रेसवेलका अलावा ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोधीले पनि २–२ विकेट लिए । सोढीले आफ्नो १०० टी-२० अन्तर्राष्ट्रिय विकेट पनि पूरा गरे र त्यसो गर्ने विश्वका पाँचौं बलर बने।

लक्ष्यको जवाफमा न्यूजिल्याण्ड लाई चौथो ओभरमा २४ रनमा पहिलो झट्का लागेको थियो तर त्यसपछि डेभन कोनवेले कप्तान केन विलियम्सन (२९ बलमा ३०) को साथमा दोस्रो विकेटका लागि ८५ रन जोडे। कप्तान आउट भएपछि कोनवेले ग्लेन फिलिप्स (९ बल २३*) को साथमा १३ बल बाँकी रहँदै टोली लाई जित दिलाए।

डेभन कोनवे ५१ बलमा ७० रनमा अविजित रहे । त्रिकोणात्मक सिरिजको चौथो खेलमा न्युजिल्याण्डले अक्टोबर ११ मा पाकिस्तानको सामना गर्नेछ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् र शीर्ष दुई टोलीले १४ अक्टोबरमा फाइनल खेल्नेछन् । पाकिस्तानले पहिलो दुई खेलमा न्युजिल्याण्ड र बंगलादेश लाई हराएको थियो ।

पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशको त्रिकोणीय शृंखला तालिका:
७ अक्टोबर – पाकिस्तान बनाम बंगलादेश, हेग्ले ओभल, क्राइस्टचर्च
८ अक्टोबर – न्यूजिल्याण्ड विरुद्ध पाकिस्तान, हेग्ले ओभल, क्राइस्टचर्च
९ अक्टोबर – न्यूजिल्याण्ड विरुद्ध बंगलादेश, हेग्ले ओभल, क्राइस्टचर्च

११ अक्टोबर – न्युजिल्यान्ड बनाम पाकिस्तान, हेग्ले ओभल, क्राइस्टचर्च
१२ अक्टोबर – न्यूजिल्याण्ड बनाम बंगलादेश, हेग्ले ओभल, क्राइस्टचर्च
१३ अक्टोबर – बंगलादेश विरुद्ध पाकिस्तान, ह्याग्ले ओभल, क्राइस्टचर्च
१४ अक्टोबर – फाइनल, ह्याग्ले ओभल, क्राइस्टचर्च

सम्बाददाता

Leave a Reply

Next Post

चाइनिज ताइपे बिरुद्द नेपाल पराजित, प्रतियोगिता भर नेपाल जित विहीन

Sun Oct 9 , 2022
काठमाडौं । भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४-२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे । यस्तै […]

You May Like

error: