काठमाडौं।
काठमाडाैं जिल्ला अदालतले अनुसन्धान गर्न २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको हो । अनुसन्धानकाे लागि लिइएकाे म्याद पर्सि २७ गते सकिदैछ । चार दिनअघि प’क्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन।
प्रहरी बृत्त गौशालाको हि’रासतमा राखिएका क्रिकेटर सन्दीप लामिछानेसँग भेट्न नदिएको गुनासो उनका टिममेट सोमपाल कामीले गरेका छन्। तीन दिनदेखि गौशाला बृत्त पुग्दै फर्किरहेका उनले अनेक बहानामा प्रहरीले आफूलाई सन्दीपसँग भेट्न नदिएको बताएका छन्।
‘तीन दिनदेखि सन्दीपलाई भेट्न धाइरहेको छु। तर विभिन्न बहाना गरेर भेट्न दिएको छैन’, उनले भने, ‘कहिले कहाँ लिएर जाने, कहिले कहाँ लिएर जाने भनेर प्रहरीले झुलाइरहेको छ।’ सोमबार पनि बृत्तमा पुगेका सोमपाललाई सन्दीपसँग भेट्न दिएन।
नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई अर्का नेपाली राष्ट्रिय क्रिकेटर शाहद आलमले हौसला दिएका छन् । शुक्रबार फेसबुकमार्फत उनले सन्दीप लामिछानेलाई हौसला दिएका हुन् ।
आलमले सन्दीप प’क्राउ परेको प्रति दुःख ब्यक्त गर्दै हौसला प्रदान गरेका हुन्। उनले फेसबुकमा सन्दीपलाई नेपाली क्रिकेटको ताराको उपमा दिदैं छिट्टै क्रिकेट मैदानमा फर्कने विश्वास ब्यक्त गरेका छन् ।
आलमले नेपाली जनताले सन्दीपलाई क्रिकेट मैदानमा खेलेको हेर्न चाहेको उल्लेख गर्दै उनीमाथि लागेको आ’रोपमा चाँडै न्याय पाउनेमा आफू विश्वस्त रहेको जनाएका छन् ।
साथै आलमले सन्दीपमाथिको घ’टना कहिल्यै कल्पना नगरेको र आफू स्त’ब्ध बनेको फेसबुकमा उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, प्रिय मित्र सन्दिप । सायद तिमिलाई अहिले के भनेर सम्झिन सकुला र, आज यस्तो दिन आउँला भन्ने कल्पना पनि गरेको थिइन ।
तिमि नेपाली क्रीकेट जगतको तारा हौं । मलाई आशा छ तिम्रो कर्मले तिमि फेरि नेपाली क्रिकेटको जगतमा छिट्टै फर्केर आउने र नेपालको स्तर अझै बढाउदै जानेछौं । नेपाली जनता तिमि खेलेको हेर्ने प्रतिक्षामा छन् र म विश्वस्त छु तिमिले न्या’य पाउनेछौ र त्यो दिन छिट्टै आउने छ ।’