को हुन लामिछानेले हायर गरेको प्रोफेसनल लयर ?

काठमाडौँ।

प’क्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग अदालत खुलेपछि मात्र बयान हुने भएको छ । प्रहरीमा जाहेरी दर्ता भएको एक महिनापछि उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प’क्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरी वृत्त गौशालाको हि’रासतमा राखिएको छ । अमेरिका हुँदै कतारको दोहा ट्रान्जिट भएर बिहीबार बिहान पौने ११ बजे विमानस्थल अवतरण गरेलगत्तै उनलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो ।

अध्यागमन कार्यालयका एक कर्मचारीका अनुसार लामिछानेले आफू अमेरिकाबाट कतार हुँदै आएको उल्लेख गरेका थिए । प’क्राउपछि आ’रोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले आइतबार मात्रै अदालत खुल्नेछ । त्यसपछि लामिछानेलाई अदालत उपस्थित गराइनेछ । पक्राउलगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

विगत केही समयदेखि प्रोफेसनल लयरको बन्दोबस्त गराउनमा अभ्यस्त रहेका लामिछानेले अहिले आफ्नो पक्षमा वकालत गर्नका लागि वकिल भेटाइसकेका छन् । सन्दिप लामिछानेले आफ्नो पक्षमा वकालत गर्नका लागि हायर गरेका वकिल उनले फेसबुक मार्फत सार्वजनिक गरेका थिए । विगत लामो समयदेखि न्यायको पक्षमा आवाज उठाउदै आएका वकिल हुन सरोज कृष्ण घिमिरे ।

विगत लामो समयदेखि सशक्त रुपमा न्यायका लागि आवाज बुलन्द गर्दै आएका अधिबक्ता सन्दिपको रोजाइमा पर्नुलाई सकारात्मक संकेत रुपमा हेरिएको छ । भरतपुरमा जन्मेका उनले भारतको पूने युनिभर्सिटि, जोन मोरिस युनिभर्सिटिबाट शैक्षिक उपाधी हासिल गरेका थिए । भरतपुरमा जन्मेका उनी हाल प्रफेसनल लयरका रुपमा काठमाडौंमा कार्यरत छन् ।

सन्दिप लामिछानेले आफुलाई षडयन्त्रपूर्वक फसाइएको र कुनै आग्रह पूर्वाग्रह विना निष्पक्ष ढगंले छानविन हुनुपर्ने बताएका छन् । उनको तर्फबाट वकालत गर्न लागेको वकिल सरोज कृष्ण घिमिरे सँग गौशाला प्रहरी वृत्तको हिरासतमा भेटघाटका क्रममा आखाँमा आशु बगाउँदै यस्तो आग्रह गरेको उनले बताएका छन् ।

सन्दिप लामिछानेले पटकपटक आफु निर्दोष रहेको र एकदिन सत्यको जित हुने निश्चित भएकाले आफु नेपाल आएर आ’त्मसमर्पण गरेको पनि बताउँदै आएका छन् । उनलाई ष’डयन्त्रपूर्वक ना’बालिका मात्र नभइ अन्य ब्यक्तिहरुको पनि यसमा संलग्नता हुनसक्ने र निष्पक्ष छानविन भएमा अबश्य बाहिर आउनेमा आशावादी समेत रहेको बताए ।

सम्बाददाता

Leave a Reply

Next Post

दोश्रो दिन हिरासतमा यस्तो छ सन्दिपको अबस्था

Sat Oct 8 , 2022
काठमाडौं । यौ’न’जन्य क’सुरमा प’क्राउ परेका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने चार दिनदेखि गौशाला प्रहरीको हि’रासतमा छन् । उनलाई त्यहाँ अन्य कै’दी ब’न्दी सरह नै राखिएको छ । आफूलाई भेट्न आएकाहरूसँग सन्दीपले प्रहरीको व्यवहार र बसाइलाई लिएर कुनै गुनासो गरेका छैनन् । उनले सबैसँग आफू निर्दोष रहेको र आ’रोप निराधार रहेको […]

You May Like

error: