काठमाडौं ।
ना’बालिक बला’त्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् ।कतार एअरवेजको जहाजबाट भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् ।
उनलाई प्रहरीले विमानस्थलबाट प्र’काउ गरेको छ ।
विमानस्टलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । ठूलो संख्यामा प्रहरी खटाइएको छ । उनलाई सिधै गौशाला प्रहरी वृतमा लगिदैछ ।
२०७९ भदाै २१ मा एक कि’शाेरीले लामिछानेविरुद्ध ज’बर्जस्ती क’रणीकाे आराेपमा काठमाडाैं प्रहरी वृत्त गाैशालामा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा ब’लात्कार गरेको भन्दै पीडितले दिएकाे जाहेरी प्रहरीले भदाै २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएकाेमा भदाै २३ मा काठमाडाैं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे ।
अदालतले पक्राउ अनुमति दिएलगत्तै प्रहरीले लामिछानेलाई फरार सूचीमा राख्याे भने नेपाल क्रिकेट संघ(क्यान)ले कप्तानबाट निलम्बन गरेकाे थियाे । निलम्बन हुनुअघिसम्म क्यानकाे सम्पर्कमा रहेका लामिछाने त्यसपछि भने सम्पर्कविहीन भएका थिए । उनी प्रहरी र क्यान दुवैकाे सम्पर्कमा नआएपछि विमानस्थल अध्यागमन कार्यालयले पनि उनलाई कालाे सूचीमा राख्याे ।
अनि मात्रै भदाै २४ गते फेसबुक र ट्वीटरमार्फत आफू निर्दाेष रहेकाे र कानुनी लडाइँ लड्न छिट्टै नेपाल आउने बताएका लामिछानेलाई नेपाल नफर्किएपछि प्रहरीले गत असोज ७ मा इन्टरपाेलकाे डिफ्युजन नाेटिसमा राखेर विश्वभरका प्रहरीमार्फत खाेजी अघि बढाएकाे थियाे । प्रहरीले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था छ । नेपालमा आफूविरुद्ध जाहेरी पर्दा भदौ तेस्रो साता लामिछाने वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आवद्ध थिए ।
अफ्रिकी मुलुक केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला सकेर सीपीएल खेल्न उतैबाट वेस्ट इन्डिज लागेका लामिछाने सीपीएलमै व्यस्त थिए । सीपीएल चलिरहेकै बेला काठमाडौंमा एक किशो’रीले लामिछानेविरुद्ध गौशाला प्रहरीमा जबर्जस्ती कर’णीको कसुरमा जाहेरी दिएकी थिइन् ।
जाहेरीमा भदौ ५ गते लामिछानेले ती किशो’रीलाई जब’र्जस्ती नगरकोट पुर्याएको र केही समय त्यहाँ बसेर राति तिलगंगाको एक होटलमा पुर्याई जब’र्जस्ती क’रणी गरेको उल्लेख छ । लामिछाने भदौ ६ मा केन्यासँग एकदिवसीय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।जाहेरीमा उनी नैराेबी उड्नु अघिल्लाे रात घ’टना भएकाे उल्लेख छ । तर, घटनाको दुई सातापछि मात्रै पी’डित प्रहरीमा पुगेकी थिइन् ।
You made a blunder mistake. When your fans were supporting you staunchly, you should have been able to cash it out just like clever and cunning Ravi Lamichhane. Look how he got clean cheat even after the saligram pudasaini’s mysterious death in Chitwan. Nepali people are after the hearts and emotion than the facts of the equation. You could have more dans on the street than Ravi Lamichhane. Sadly, you missed that chance.