काठमाडौं।
इन्डिया क्यापिटल्सले लेजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ।हिजो बुधबार सवाई मानसिंह रंगशालामा भएको फाइनल खेलमा इन्डिया क्यापिटल्सले भिलवारा किंग्सलाई १०४ रनले पराजित गर्दै लेजेन्ड्स लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेको हो ।
फाइनलमा इण्डिया क्यापिटल्सले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको भिलवारा किंग्सले १८.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०७ रन बनाएको थियो। जोधपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको इन्डिया क्यापिटल्सले २१ रनमा चार विकेट गुमाएर ब्याटिङ गरेको थियो ।इन्डिया क्यापिटल्सका लागि लागि रोस टेलर ४१ बलमा ८२ रनको योगदान दिएका थिए।यस क्रममा उनले ८ चौका र चार छक्का प्रहार गरेका थिए।जोनसनले ३५ बलमा ६२ रनको योगदान दिएका थिए।यस क्रममा उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए।एश्ले नर्सलेले उत्कृष्ट प्रदर्शन गरे।
उनले १९ बलमा ४२ रनको योगदान दिएका थिए।यस क्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए।कप्तान गौतम गम्भीरले ८ रनको योगदान दिएका थिए।भने ड्वेन स्मिथले ३ रनको योगदान दिएका थिए।भिलवाराका लागि राहुल शर्माले चार, मोन्टी पनेसरले दुई र टिम ब्रेसननले एक विकेट लिए ।
भारतमा पहिलो पटक आयोजना भएको यस लिगको विजेता टोलीले २ करोड भारु अर्थात ३.२ करोड नेपाली रुपैयाँ पुरस्कार पाएको छ ।भने उपविजेताले १ करोड ५० लाख भारु रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।