नेपालसंग खेल्नुअघि उत्कृष्ट लयमा भिएतनाम, निकाल्यो सानदार जित

काठमाडौं ।

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फुथोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे । यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे । अब नेपालले दोश्रो खेल भिएतनाम संग भोलि अर्थात ७ अक्टुबरमा खेल्नेछ ।

नेपाल संग खेल्नुअघि भिएतनाम उत्कृष्ट लयमा रहेको छ । हिजो रहेको चाइनिज ताइपे बिरुद्दको खेलमा भिएतनामले सानदार जित निकालेको छ । भिएतनामले ४-० गोलअन्तरले बलियो टोलि चाइनिज ताइपे लाई हराएको हो। यो संगै भिएतनामले ३ अंक जोडेको छ ।

भिएतनामको लागि पहिलो गोल होआङ सनले १९ औ मिनेटमा गरे । ले फाटले ७३ औ मिनेट र ८२ औ मिनेटमा गोल गर्दै टिमलाई २ सफलता दिलाए । त्यस्तै होअंग अंहले ८० मिनेटमा तेस्रो गोल गरेका थिए । यसरि ४-० गोलानातरले भिएतनामले सानदार जित निकाल्यो ।

नेपाली यू-१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एएफसी यू-१७ एसियन कप छनोटमा थाइल्याण्डविरुद्ध टिमको प्रदर्शन राम्रो रहेको बताएका छन् । पहिलो खेलमा हारको बाबजुत उर्जनले केहि गल्तीको कारण गोल खाएको तर प्रदर्शन राम्रो भएको बताए ।

‘समग्रमा प्रदर्शन राम्रो छ । पहिलो हाफमा हामीले एउटा गल्ती गर्यौं र गोल खायौं । गोलकिपरले साधारण बल क्लियर गर्न असफल भयो । दोस्रो हाफमा हामी लयमा रहन सकेनौं । किनभने हामी खेलमा फर्किन चाहन्थ्यौं । गोल फर्काउन चाहन्थ्यौं,’ खेलपछि उनले भने ।

यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । “समग्रमा हामीले राम्रो खेलेको हो । पहिलो हाफमा एक सानो गल्ती हुँदा गोल खायौँ । गोलकिपरले राम्रो बल क्लियर नगर्दा गोल हुन पुग्यो,” नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने, “दोस्रो हाफमा गोल फर्काउने प्रयास गर्दा थप गोल खायौँ । आगामी खेलमा गल्ती सुधार्नेछौँ ।”

सम्बाददाता

Leave a Reply

Next Post

इन्डिया क्यापिटल्सले जित्यो लेजेन्ड्स लिगको उपाधि,जित्यो करौडौं रकम

Thu Oct 6 , 2022
काठमाडौं। इन्डिया क्यापिटल्सले लेजेन्ड्स लिग क्रिकेटको उपाधि जितेको छ।हिजो बुधबार सवाई मानसिंह रंगशालामा भएको फाइनल खेलमा इन्डिया क्यापिटल्सले भिलवारा किंग्सलाई १०४ रनले पराजित गर्दै लेजेन्ड्स लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेको हो । फाइनलमा इण्डिया क्यापिटल्सले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको भिलवारा किंग्सले १८.२ ओभरमा सबै विकेट गुमाएर […]

You May Like

error: