नेपाल आउनु अघि सन्दीपले प्रहरीलाई लेखे पत्र, बिना हतकडी लैजान आग्रह

काठमाडौँ ।

गत सनिबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे सन्दिपले जानकारी दिएका थिए। अक्टोबर ६, २०२२ अर्थात भोलि अशोज २० गते नेपाल आउने र आफु बिरुद्द लागेको झुटो आरोपको बिरुद्द लड्ने बताएको थिए।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले बिहीबार त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन् । प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मु’द्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आ’त्मसमर्पण गर्ने निर्णय गरेका हुन् ।

‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आ’त्मसमर्पण गर्ने छु ।’ उनले आफूविरुद्ध लागेको अभियोगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन् ।

आफूले न्याय पाउनेबारे पनि उनले विश्वास व्यक्त गरेका छन् । बिहान १० बजे विमानस्थल आइपुग्दा कानून व्यवसायी सरोज घिमिरेको उपस्थितिका लागि पनि उनले प्रहरी समक्ष आग्रह गरेका छन् । ‘मेरो समर्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु ।

मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन् । लामिछानेले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालयमा सुरक्षित र बिना ह’थकडी लैजान पनि अनुरोध गरेका छन् ।लामिछानेविरुद्ध एक ना’बालिकाले आफूलाई बला’त्कार गरेको आरोपका साथ प्रहरीमा अभियोग दर्ता गरेकी छन् ।

प्रहरी अधिकृतलाई लेखेको पत्रमा लामिछानेले आफू विदेशमा रहँदा नै यौन अ’पराधको आरोप लागेको र त्यसबारे विस्तृत विवरणहरु सञ्चारमाध्यममा आएको, आफूलाई क्रिकेट एसोसिएशन अफ नेपालले निलम्बन गरेको अनि ‘मिडिया ट्रायल’ सँगै आफू घृणाको शिकार भएकोमा निराशा पनि जनाएका छन् ।

देश सञ्चारले सम्पर्क गर्दा अधिवक्ता घिमिरेले आफू विमानस्थलमा उपस्थित हुने र लामिछानेलाई कानून तथा सम्बिधान प्रदत्त सुझाव र सल्लाह दिने बताए । -देशसञ्चार डटकम बाट साभार

सम्बाददाता

Leave a Reply

Next Post

नेपालसंग खेल्नुअघि उत्कृष्ट लयमा भिएतनाम, निकाल्यो सानदार जित

Thu Oct 6 , 2022
काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फुथोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो । थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे । यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे । अब […]

You May Like

error: