काठमाडौँ ।
गत सनिबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे सन्दिपले जानकारी दिएका थिए। अक्टोबर ६, २०२२ अर्थात भोलि अशोज २० गते नेपाल आउने र आफु बिरुद्द लागेको झुटो आरोपको बिरुद्द लड्ने बताएको थिए।
उनले थप लेखे “ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आउने छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु। म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोराउँछु।
सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु। मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु।
मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।”
सन्दीप नेपाल फर्किएपछि के गर्छ प्रहरीले?
सन्दीप विरुद्ध प्रहरीले जिल्ला अदालतबाट प’क्राउ पूर्जीसमेत जारी गरेको छ। त्यही आधारमा प्रहरीले आफ्ना निकायहरूमा जहाँ देखे पनि प’क्राउ गर्नु भन्ने परिपत्रसमेत गरेको छ। विदेशमा भएकाले विदेशबाट फर्कने बित्तिकै विमानस्थलबाट प’क्राउ गर्न विमानस्थल प्रहरीलाई समेत पत्राचार भइसकेको छ।
जसको आधारमा अध्यागमन विभागले सन्दीपको राहदानी नम्बरसहित आफ्नो सुचीको ब्ल्याक लिस्टमा चढाएको छ। उनी विमानस्थलमा अवतरण भएर अध्यागमनमा पुग्ने बित्तिकै उनलाई अध्यागमनले प्रहरीको जिम्मा लगाउने छ। त्यसपछि विमानस्थल प्रहरीले उनलाई त्यहीबाट नियन्त्रणमा लिने छ।
विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाउने छ। भदौ १२ गते उजुरी महानगरीय प्रहरी वृत्त गौशालामा परेको थियो। घ’टनास्थल पनि गौशाला वृत्तकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ। त्यसैले सन्दीपलाई गौशाला वृत्तमा नियन्त्रणमा राखिनेछ।
सुरक्षा, संवेदनशीलताको आधारमा अन्य वृत्तमा पनि प्रहरीले राख्न सक्छ। काठमाडौं प्रहरी परिसर अन्तर्गत मुद्दा चल्ने १४ वटा वृत्तमा हिरासत रहेका छन्। ‘हामीले अहिले पनि अनुसन्धान गरिरहेका छौँ। बाँकी अनुसन्धान पनि कानुनी प्रक्रिया अन्तर्गत नै गर्ने छौँ,’ काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले भने।
पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको के’स सरकारी वकिलमार्फत अदालतमा पुर्याउनुपर्ने हुन्छ। उजुरी अनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मु’द्दा अदालतमा टेकाउँछ।
त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जे’ल चलान गर्ने एउटा आदेश अदालतले दिने छ। साधारण तारिक बाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना शून्य भएर जानेछ।