हारका बाबजुद खुशी ब्याक्त गर्दै प्रशिक्षक उर्जन, भन्छन “रेफ्रीले सही निर्णय दिएनन्”

काठमाडौं ।

नेपाली युवा टोली बुधबार एएफसी यू–१७ एसियन कप छनोट फुटबलको पहिलो खेलमा थाइल्यान्डसँग ३–० ले पराजित भएको छ । भियतनामको फु थोस्थित भियत त्री रंगशालामा तोन्तावाना पुनतामुनीको गोलबाट थाइल्यान्डले ३०औँ मिनेटमा अग्रता लिएको थियो ।

६५औँ मिनेटमा तोन्तावानाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । ७८औँ मिनेटमा वैकल्पिक खेलाडी थानाक्रित जाम्पालीले अर्को गोल थपेपछि थाइल्यान्डले सहज विजय हासिल गरेको हो ।

यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।

“नेपाली टोलीले छरितो खेल खेलेको थियो । उनीहरूको रक्षापंक्ति राम्रो थियो । तर, हाम्रो काउन्टर अट्याक पनि धेरै राम्रो भयो,” थाइल्यान्डका प्रशिक्षक पिपोब अनमोले खेलपछि भने, “नेपाली टिम प्राविधिक रूपमा राम्रो छ ।” जितसँगै छनोटमा समूह ‘एफ’मा थाइल्यान्डले तीन अंक जोडेको छ ।

नेपाली यू-१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एएफसी यू-१७ एसियन कप छनोटमा थाइल्याण्डविरुद्ध टिमको प्रदर्शन राम्रो रहेको बताएका छन् । पहिलो खेलमा हारको बाबजुत उर्जनले केहि गल्तीको कारण गोल खाएको तर प्रदर्शन राम्रो भएको बताए ।

‘समग्रमा प्रदर्शन राम्रो छ । पहिलो हाफमा हामीले एउटा गल्ती गर्यौं र गोल खायौं । गोलकिपरले साधारण बल क्लियर गर्न असफल भयो । दोस्रो हाफमा हामी लयमा रहन सकेनौं । किनभने हामी खेलमा फर्किन चाहन्थ्यौं । गोल फर्काउन चाहन्थ्यौं,’ खेलपछि उनले भने ।

यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई छन् । “समग्रमा हामीले राम्रो खेलेको हो । पहिलो हाफमा एक सानो गल्ती हुँदा गोल खायौँ । गोलकिपरले राम्रो बल क्लियर नगर्दा गोल हुन पुग्यो,” नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले भने, “दोस्रो हाफमा गोल फर्काउने प्रयास गर्दा थप गोल खायौँ । आगामी खेलमा गल्ती सुधार्नेछौँ ।”

छनोटअन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै, नेपालले आइतबार चाइनिज ताइपेईसँग खेल्नेछ । प्रशिक्षक श्रेष्ठले रेफ्रीको निर्णय पक्षपाती रहेको बताए । उनले थपे, “रेफ्रीको निर्णय सन्तोषजनक छैन । थाइल्यान्डको पक्षमा निर्णय गरेको हामीले महसुस गरेका छौँ ।

रेफ्रीले सही निर्णय गरिदिएको भए थाइल्यान्ड पहिको हाफमै १० खेलाडीमा सीमित हुन्थ्यो ।” छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।

सम्बाददाता

Leave a Reply

Next Post

भोलि नेपाल फर्किदै सन्दिप, यस्तो छ प्रहरीको अन्तिम तयारी

Wed Oct 5 , 2022
काठमाडौँ । गत सनिबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे सन्दिपले जानकारी दिएका थिए। अक्टोबर ६, २०२२ अर्थात भोलि अशोज २० गते नेपाल आउने र आफु बिरुद्द लागेको झुटो आरोपको बिरुद्द लड्ने बताएको थिए। उनले थप लेखे “ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा […]

You May Like

error: