काठमाडौं ।
एएफसी यू-१७ एसियन कप छनोटमा अष्ट्रेलियाले २३-० गोलको जित निकालेको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले नर्थन मारियाना आइसल्याण्डलाई २३-० गोल अन्तरले हराएको हो ।अष्ट्रेलियाको जितमा इरानकुन्डा र ग्लासनले ४/४ गोल गरे ।
हेटलीले ३ गोल गर्दा पिजिओ, क्विन्टल र एन्टोनीउले २/२ गोल गरे । पिअरम्यान, पार्केस, लेबिब र डोभिसनले एक एक गोल गरे । अष्ट्रेलियाले दुई आत्मघाती गोलको उपहार पाएको थियो। जितसँगै समूह जी को अष्ट्रेलियाले ३ अंक जोडेको छ ।
गोल :Subway Joeys 22 (इरान्कुंडा २’, १६’, ३८’, ७१’, हेत्ली २८’, ४३’, ४७’, ग्लासोन ३२’, ३६’, ५९’, ६४’, डी पिजियो ३५’, ५४’, पिएरम्यान ४३ ‘, एन्टोनियो ५२’, ६३’, क्विन्टल ५६’, ६९’, पार्केस ७५’, लेबिब ७७’, डोभिसन ९१’, आफ्नै गोल ६’, ८९’)
भने यता एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
थाइल्याण्डलाई जित दिलाउन तोन्तावान पुन्तामुनीले दुई गोल गरे । यस्तै थानाक्रित जाम्पालीले एक गोल गरे । खेलको ३० औं मिनेटमा तोन्तावानले गोल गर्दै थाइल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
६५ औं मिनेटमा तोन्तावानले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७८ औं मिनेटमा सब्सिच्युड खेलाडी जाम्पालीले गोल गर्दै थाइल्याण्डलाई ३-० गोलको जित दिलाए । जितसँगै छनोटमा समूह एफमा रहेको थाइल्याण्डले ३ अंक जोडेको ।
यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । छनोट अन्तर्गत अब नेपालले शुक्रबार आयोजक भियतनामसँग खेल्नेछ । यस्तै नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।