युसुफ पठानलाई धक्का दिनु जोनसनलाई पर्यो भारी, तिर्नुपर्यो ठुलो जरिवाना

काठमाडौँ ।

लिजेन्ड्स लिग क्रिकेटमा आइतवार खेलिएको इन्डिया क्यापिटल्स र भिलवारा किंग्सबीचको क्वालिफायर खेलले सबैको ध्यान तान्यो । जहाँ मिचेल जोन्सनले प्रतिद्वन्द्वी टोलीका ब्याट्सम्यान युसुफ पठानसँग झगडा सुरु गरेका थिए । उनले युसुफ पाठकलाई पनि धक्का दिए । अहिले उनलाई ठूलो जरिवाना लगाईएको छ ।

भिलवारा किंग्सको १९ औं ओभरमा युसुफ पठानले मिचेल जोन्सनको ओभरमा २ चौका र १ छक्का प्रहार गरे पनि अन्तिम बलमा उनी आउट भए । यसपछि जोन्सन र युसुफ पठानबीच वाकयुद्ध भयो । जोनसनले युसुफ पठानलाई पनि धक्का दिए ।

अब मिचेल जोनसनलाई पनि खेलको ५० प्रतिशत जरिवाना लगाइएको छ र उनलाई चेतावनी समेत दिइएको छ । घटनाको छानबिन गरेपछि यस लिगका आयुक्त रवि शास्त्रीको अध्यक्षतामा रहेको अनुशासन समितिले जोन्सनलाई कारवाही गर्ने र आधिकारिक चेतावनी दिने निर्णय गरेको हो ।

उनले भने, ‘मलाई आशा छ सबैले स्पष्ट सन्देश पाएको छ कि खेलकुद सबैभन्दा महत्त्वपूर्ण हो र यो लिगमा त्यस्तो कुनै पनि दोहोरिने छैन।’ लिगका सह-संस्थापक र सीईओ रमन रहेजाले भने, “हामी यस लिगमार्फत गम्भीर र प्रतिस्पर्धात्मक क्रिकेटलाई प्रवर्द्धन गर्न यहाँ छौं। हिजोको क्वालिफायर खेलमा मैदानमा जे भयो, त्यो हुनु हुँदैनथ्यो । हामीले कुनै निष्कर्षमा पुग्नु अघि भिडियो धेरै पटक हेरेका छौं।

यो पनि :’म्यान अफ दि म्याच’ को अवार्ड पाएपछि केएल राहुलले दिए आश्चर्यजनक बयान
जितपछि केएल राहुललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिइएको थियो तर उनले अवार्ड पाएपछि आश्चर्य व्यक्त गरेका थिए ।केएल राहुलले खेलपछि भने, ‘म म्यान अफ द म्याचको अवार्ड पाउँदा अचम्ममा परेको छु,म्यान अफ दि म्याच अवार्ड सूर्यले पाउनु पर्ने थियो, उनले खेल परिवर्तन गरेका थिए ।

मिडल अर्डरमा ब्याटिङ गरेपछि मैले महसुस गरें कि यो गाह्रो छ।डीके ले सधैं धेरै डेलिभरीहरू सामना गर्नुपर्दैन, र उहाँ असाधारण हुनुहुन्थ्यो। विराट कोहलीले पनि उत्कृष्ट खेल देखाए । केएल राहुलले २८ बलमा ५७ रनको इनिङ खेलेका थिए ।

सम्बाददाता

Leave a Reply

Next Post

आफु खेलिरहेको लिगमा भएको भि'डन्त बारे यस्तो भन्छन रोहित

Tue Oct 4 , 2022
काठमाडौं इन्डोनेसियाको पूर्वी जाभामा नेपाली फुटबलर रोहित चन्द खेलिरहेको लिग लिग वानमा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृ’त्यु भएको थियो । इन्डोनेसियामा रोहित पर्सिक फुटबल क्लब बाट फुटबल खेलीरहेका छन्। रोहितको टोली पर्सीक ४ अंक सहित अहिले लिग वानको अंकतालिकाको अन्तिममा रहेको छ। पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले […]

You May Like

error: