काठमाडौं ।
नेपालका तीन फुटबल खेलाडी सुरक्षित भविश्यको खोजीमा विदेशिएका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका डिफेन्डर शिव गुरुङ,आकाश बुढा मगर र यू-२३ टोलीका फरवार्ड रेजिन सुब्बा अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला थप तीन खेलाडी विदेशिएका हुन्। पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को लागेको छ । गत महिना रुमेश बर्तौला र अमिर श्रेष्ठ अष्ट्रेलिया गएका थिए । यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएका सन्तोष मिडफिल्डमा निकै प्रभावशाली मानिन्छन् । सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलको ८१औं मिनेटमा सन्तोषले राष्ट्रिय टोली बाट डेब्यु गरेका थिए । यस्तै नेपाली फुटबल टिम मा अर्का डिफेन्डर नवीन गुरुङ पनि आफ्नो भविष्य सुनिश्चित गर्न अष्ट्रेलियातर्फ लागेका हुन् ।
सन् १९८२ मा कुवेत विरुद्ध वाईबी घलेले गोल गरे यता कुनै नेपाली खेलाडीले कुवेती टोलीसँग गोल गर्ने सफलता हासिल गरेका थिएनन् । यद्यपि त्यो ऐतिहासिक उपलब्धीलाई दर्शनले गत जुन महिनामा कुवेती मैदान मै हात पारेर सबै नेपालीहरुको वाहवाही बटुलेका थिए ।
तर दुर्भाग्य मान्नुपर्छ, राम्रो लय र सम्भावना हुँदाहुँदै पनि नेपाली फुटबलमा भविष्य नदेखेपछि दर्शनले पनि विदेशिनुलाई उत्तम विकल्पका रुपमा रोजेको देखिन्छ । स्मरणीय छ, गत महिना मात्रै नेपालका दुई अन्तर्राष्ट्रिय खेलाडी सुमन लामा र आशिष लामा पनि अष्ट्रेलिया पुगिसकेका छन् ।
दुई वर्ष अघि ढाकामा बंगलादेश विरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा नेपालका लागि डेब्यु गरेका दर्शन त्यसयता राष्ट्रिय फुटबल टोलीका सम्भावना बोकेका खेलाडीहरुमा गनिन थालेका थिए । तर उनको सम्भावना अब फेरि अपुरो बन्ने निश्चित बनेको छ ।