भारतले पहिलो खेलमा नै गर्यो गोलको वर्षा

काठमाडौँ ।

प्रिन्स साउद बिन जलावी रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ५ गोलले पराजित गरेको छ । जितको साथ् , भारतले आफ्नो एएफसी यु-१७ एसियन कप छनोट अभियान सुरु गरेको छ।

भारतका लागि कप्तान भानलल्पेका गुइटेले गोलको सुरुवात गरेका थिए । खेलको ११औ मिनेटमा गोल गर्दै कप्तानले सुरुवाती अग्रता दिलाएका हुन् । खेलको २१ औ मिनेटमा फनाईले तोमको लागि दोश्रो सफलता दिलाए।

पहिलो हाफमा खेल स्कोर २-० मा सिमित थियो । हाफपछी पनि माल्दिभ्सले कुनै चमत्कार गर्न सकेन तर भारतिय टोलि भने रोकिएनन । ब्रेकपछी दुवै पक्षले आफ्नो खेलाडी परिवर्तन गर्छन । टिम इंडियाले फिनिक्स ओइनमलाइ टिममा भित्राउछ जुन सहि साबित हुन पुग्छ।

खेलको ५९ औ मिनेटमा फिनिक्स ओइनमको सहयोगमा अमनले भारतको लागि तेस्रो सफलता दिलाए । त्यस्तै खेलको ६७ औ मिनेटमा बबीले गोल गर्दै टिमको स्कोर ४-० बनाए ।  ७१ औं मिनेटमा भारतका लागि अन्तिम गोल गर्दै फिओनिक्सले सानदार प्रदर्शन गरे । यसरि माल्दिभ्स बिरुद्द ५-० अन्तरले भारतले सानदार जित निकाल्यो ।

भारत प्रारम्भिक ११: जुल्फिकार गाजी, मनजोत सिंह धामी, वनलाल्पेका गुइटे, बबी सिंह, मलेम्नगाम्बा सिंह थोक्चोम, हुजफाह अहमम दार, सुरज कुमार सिंह, लल्ह्मिङछुङ्गा फनाई, फैजान वाहिद, नगारिन शाइजा, अमन।

यो पनि पढ्नुहोस् : बहराइनमा गोर्खाली पावर देखाउदै नेपाली स्टार खेलाडी मनिष डाँगी
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबबाट खेलिरहेका छन्। बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।

मनिष डाँगी अहिले आफ्नो क्लबबाट बहराइनको चर्चित बहराइनी किंग्स कप खेलिरहेका छन् । गएराति भएको इतेहाद अल रीफ बनाम र अल इत्तिफाक मकाबा बीच भएको खेलमा मनिष आबद्द क्लब तेहाद अल रीफ बनामले सानदार जित निकालेको छ ।

इतेहाद अल रीफ बनामले २-०को अग्रता लिदै जित हासिल गरेको हो। उक्त जितमा टिमका लागि मिडफिल्डर मनिष डाँगीले महत्त्वपूर्ण भूमिका निभाएका छन् । खेलको ४१ औ मिनेटमा मनिष डाँगीको अस्सिटमा अगुनाल्डोले गोल गर्दै टिमलाई पहिलो सफलता दिलाएका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

इन्डोनेसियाले गर्यो दर्जन भन्दा बढी गोलको वर्षा, अरखान एक्लैले गरे ४ गोल

Tue Oct 4 , 2022
काठमाडौँ । इन्डोनेसियाली यु-१७ राष्ट्रिय टोली र गुआम यु-१७ले सोमबार राति पाकन्सारी स्टेडियममा भएको समूह बी यु-१७ २०२३ एसियाली कप छनोट खेलमा गुआम बिरुद्द इन्डोनेसियाली टोलीले गोलको बर्षा गर्दै सानदार जित निकालेको छ। गुआम बिरुद्द इन्डोनेसिया टोलीले सनसनीपूर्ण स्कोरमा १४-० ले जित्न सफल भएको छ। खेलमा चार गोल गर्दै अरखान […]

You May Like

error: