काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबबाट खेलिरहेका छन्। बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।
मनिष डाँगी अहिले आफ्नो क्लबबाट बहराइनको चर्चित बहराइनी किंग्स कप खेलिरहेका छन् । गएराति भएको इतेहाद अल रीफ बनाम र अल इत्तिफाक मकाबा बीच भएको खेलमा मनिष आबद्द क्लब तेहाद अल रीफ बनामले सानदार जित निकालेको छ ।
इतेहाद अल रीफ बनामले २-०को अग्रता लिदै जित हासिल गरेको हो। उक्त जितमा टिमका लागि मिडफिल्डर मनिष डाँगीले महत्त्वपूर्ण भूमिका निभाएका छन् । खेलको ४१ औ मिनेटमा मनिष डाँगीको अस्सिटमा अगुनाल्डोले गोल गर्दै टिमलाई पहिलो सफलता दिलाएका थिए।
त्यस्तै खेलको ७५ औ मिनेटमा अलिले गोल गर्दै २-० को स्कोर सहित इतेहाद अल रीफ बनामले सानदार जित हासिल गरेको हो। मनिषले पछिल्लो ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए ।
विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै राष्ट्रिय टिमका लागि गोल गरेका थिए ।दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल कला निखारेका मनिषले विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपे, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।
यो पनि : ‘म्यान अफ दि म्याच’ को अवार्ड पाएपछि केएल राहुलले दिए आश्चर्यजनक बयान
जितपछि केएल राहुललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिइएको थियो तर उनले अवार्ड पाएपछि आश्चर्य व्यक्त गरेका थिए ।केएल राहुलले खेलपछि भने, ‘म म्यान अफ द म्याचको अवार्ड पाउँदा अचम्ममा परेको छु,म्यान अफ दि म्याच अवार्ड सूर्यले पाउनु पर्ने थियो, उनले खेल परिवर्तन गरेका थिए ।
मिडल अर्डरमा ब्याटिङ गरेपछि मैले महसुस गरें कि यो गाह्रो छ।डीके ले सधैं धेरै डेलिभरीहरू सामना गर्नुपर्दैन, र उहाँ असाधारण हुनुहुन्थ्यो। विराट कोहलीले पनि उत्कृष्ट खेल देखाए । केएल राहुलले २८ बलमा ५७ रनको इनिङ खेलेका थिए ।
केएल राहुलले थपे कि एक ओपनर ब्याट्सम्यानको रूपमा यो महत्त्वपूर्ण छ कि उक्त दिनमा के आवश्यक छ भनेर बुझ्नु र यसलाई आफ्नो उत्कृष्ट दिनु। यो मानसिकता हो जुन मैले सधैं खेलेको छु र यसलाई निरन्तरता दिनेछु।