‘म्यान अफ दि म्याच’ को अवार्ड पाएपछि केएल राहुलले दिए आश्चर्यजनक बयान

काठमाडौं ।

गुवाहाटीमा आइतबार भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै भारतीय टोलीले तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ ।

उक्त खेलमा टीम इन्डियाका ब्याट्सम्यानले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहाड जत्तिकै ठूलो स्कोर बनाएका थिए ।टीम इण्डियाले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो, जुन दक्षिण अफ्रिकी टोलीले पूरा गर्न सकेन र खेल १६ रनले पराजित भयो।

जितपछि केएल राहुललाई ‘म्यान अफ द म्याच’को अवार्ड दिइएको थियो तर उनले अवार्ड पाएपछि आश्चर्य व्यक्त गरेका थिए ।केएल राहुलले खेलपछि भने, ‘म म्यान अफ द म्याचको अवार्ड पाउँदा अचम्ममा परेको छु,म्यान अफ दि म्याच अवार्ड सूर्यले पाउनु पर्ने थियो, उनले खेल परिवर्तन गरेका थिए ।

मिडल अर्डरमा ब्याटिङ गरेपछि मैले महसुस गरें कि यो गाह्रो छ।डीके ले सधैं धेरै डेलिभरीहरू सामना गर्नुपर्दैन, र उहाँ असाधारण हुनुहुन्थ्यो। विराट कोहलीले पनि उत्कृष्ट खेल देखाए । केएल राहुलले २८ बलमा ५७ रनको इनिङ खेलेका थिए ।

केएल राहुलले थपे कि एक ओपनर ब्याट्सम्यानको रूपमा यो महत्त्वपूर्ण छ कि उक्त दिनमा के आवश्यक छ भनेर बुझ्नु र यसलाई आफ्नो उत्कृष्ट दिनु। यो मानसिकता हो जुन मैले सधैं खेलेको छु र यसलाई निरन्तरता दिनेछु।

इमानदारीपूर्वक भन्नुपर्दा, पहिलो दुई ओभरपछि मेरो र रोहितबीचको कुराकानी पिचले पकड गरिरहेको छ भन्ने थियो। हामीले सोच्यौं कि १८०-१८५ राम्रो लक्ष्य हुनेछ। तर खेलले हामीलाई छक्क पार्यो।

भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले तुफानी ब्याटिङ गरेका थिए । दुवै खेलाडीले अर्धशतक बनाए । राहुलको इनिङ्सले जितको जग खडा गरेको थियो । सोही क्रममा सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६१ रन बनाए । उनको इनिङ्सका कारण भारतले जित दर्ता गर्न सफल भएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

रनको बर्षा भएको खेलमा भए किर्तिमानको बर्षा

Mon Oct 3 , 2022
काठमाण्डाै । भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेटमा पाँच वटा विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टी–२० मा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गरी तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टी–२० शृङ्खला जित्न सफल भएको हो । डेविड […]

You May Like

error: