नया कप्तान सहित भारतिय टिमको घोषणा, ३ नया खेलाडीको डेब्यु

काठमाडौँ ।

दक्षिण अफ्रिकाविरुद्धको तीन एकदिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । यस टोलीको कप्तान शिखर धवनलाई दिइएको छ । यो टोलीबाट धेरै ठूला खेलाडीलाई विश्राम दिइएको छ । उनीबाहेक श्रेयस अय्यरलाई टोलीको उपकप्तान बनाएको छ ।

टोलीमा पहिलो पटक छनोट भएका केही खेलाडी छन् । जसमा रजत पाटीदार, मुकेश कुमार, रवि बिश्नोई लगायतको नाम पहिलो पटक परेको छ । उनी बाहेक यो टोलीमा शाहबाज अहमद पनि परेका छन् । टी–२० खेल्ने खेलाडी यो टोलीमा छैनन् । विश्वकपलाई ध्यानमा राख्दै उनलाई आराममा राखिएको छ ।

केही समयदेखि रोहित शर्माको अनुपस्थितिमा एकदिवसीय टोलीमा शिखर धवनले कप्तानी गरिरहेको देखिन्छ । केएल राहुल दक्षिण अफ्रिकामा भारतीय टोलीका कप्तान पनि थिए। भारतले दक्षिण अफ्रिकासँग तीन एकदिवसीय सिरिज खेल्नेछ । टी–२० विश्वकप खेल्ने टोलीका खेलाडीलाई यो टोलीमा समावेश गरिएको छैन ।

एकदिवसीय क्रिकेटमा शिखर धवनको नेतृत्व राम्रो रहेको छ । घरेलु मैदानमा ५० ओभरको ढाँचामा धवनको कप्तानी कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ । युवा खेलाडीहरूले सजिएको टोलीसँग आफूलाई प्रमाणित गर्ने राम्रो मौका छ।

भारतीय टोली: शिखर धवन (कप्तान),  श्रेयस अय्यर (उपकप्तान), ऋतुराज गायकवाड, शुभमन गिल, रजत पाटीदार, राहुल त्रिपाठी, इशान किशन, सञ्जु सैमसन, शाहबाज अहमद, शार्दुल ठाकुर, कुलदीप यादव, रवि बिश्नोई, मुकेश कुमार, आवेश खान, मोहम्मद सिराज, दीपक चाहर।

यो पनि : आईसीसीले नेपाली महिला टिमलाई दियो ठूलो खुसीको खबर
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट नेपाली महिला टिमका लागि खुसीको खबर आएको छ। नेपालको आईसीसी महिला टी–२० क्रिकेटको वरीयतामा सुधार भएको छ।

आईसीसीले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १६औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १८औं स्थानमा रहेको थियो।

नयाँ वरीयतामा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ। यस्तै इंग्ल्याण्ड दोस्रो, न्यूजिल्याण्ड तेस्रो, भारत चौथो, दक्षिण अफ्रिका पाँचौं, वेस्ट इन्डिज छटौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र आयरल्याण्ड दशौं स्थानमा रहेका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

लाइभ म्याचको क्रममा मैदानमै पस्यो सर्प, रोकियो खेल [भिडीयो सहित]

Sun Oct 2 , 2022
काठमाडौँ । भारत विरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । गुवाहाटीमा भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेल चलिरहेको बेला गुवाहाटीको बार्सपारा क्रिकेट स्टेडियममा अचानक ठूलो सर्प पसेको छ । यो सर्प मैदानमा प्रवेश गर्नेबित्तिकै भारत र दक्षिण अफ्रिकाका खेलाडीमा त्रास […]

You May Like

error: