रोहित-विराट होइन, टी-२० क्रिकेटमा छाउदैछन यी ब्याट्सम्यान, बनाए ठूलो रेकर्ड

काठमाडौँ ।

रोहित शर्मा र विराट कोहलीले भारतीय टोलीका लागि धेरै खेलहरू आफ्नै बलमा जिताएका छन्। जब यी दुवै खेलाडी आफ्नो लयमा हुन्छन्, यिनले कुनै पनि बलिङ आक्रमणलाई तोड्न सक्छन्। अब पाकिस्तानका कप्तान तथा सुपरस्टार ब्याट्सम्यान बाबर आजमले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् ।

उनी अहिले उत्कृष्ट लयमा दौडिरहेका छन् । पाकिस्तान र इंग्ल्यान्डबीच ७ टी–२० खेलको शृंखला भइरहेको छ । बाबर आजमले यो सिरिजमा धेरै उत्कृष्ट इनिङ खेलेका छन् । छैटौं टी–२० खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले पराजित गरेपनि यस खेलमा पाकिस्तानका लागि बाबर आजमले तुफानि पारी खेलेका थिए ।

उनले ५९ बलमा ७ चौका र ३ लामो छक्का सहित ८७ रन बनाए । उनले मैदानको चारैतिर स्ट्रोक लगाए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमको यो २७ औं अर्धशतक हो । बाबर आजमले यही इनिङ्सका आधारमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ३ हजार रन पुरा गरेका छन् ।

विराट कोहलीको कीर्तिमान बराबर:
बाबर आजमले सबैभन्दा छिटो अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार रन पुरा गरेका छन् । उनले भारतका सुपरस्टार ब्याट्सम्यान विराट कोहलीको बराबरी गरेका छन् । कोहलीले ८१ इनिङ्समा तीन हजार रन पूरा गरेका थिए । बाबरको टि-२० करियरलाई हेर्दा, उनले ८६ खेलमा ४३.९९ को औसत र १३०.०९ को स्ट्राइक रेटमा ३०३५ रन बनाएका छन्, जसमा २ वटा तूफानी शतक समेत छ।

टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित शर्माको नाममा छ । रोहितले १४० खेलमा १४१.०४ को स्ट्राइक रेटका साथ ३६९४ रन बनाएका छन् । यस क्रममा उनको ब्याटबाट चार ठूला शतक पनि निस्किएका छन् । यो मामिलामा विराट कोहली दोस्रो नम्बरमा र न्यूजिल्याण्डका मार्टिन गुप्टिल तेस्रो नम्बरमा छन् भने बाबर आजम चौथो नम्बरमा छन्।

टि-२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सुची-
रोहित शर्मा – ३६९४, विराट कोहली – ३६६३, मार्टिन गुप्टिल – ३४९७, बाबर आजम – ३०३५, पॉल स्टर्लिंग – ३०११

टि-२० क्रिकेटमा सबैभन्दा छिटो ३००० रन पूरा गर्ने ब्याट्सम्यानको सूची
विराट कोहली – ८१, बाबर आजम – ८१, मार्टिन गुप्टिल – १०१, रोहित शर्मा – १०८, पल स्टर्लिंग – ११३

सम्बाददाता

Leave a Reply

Next Post

किन भाग्दैछन् सन्दिप लामिछाने?

Sat Oct 1 , 2022
काठमाडौँ । सानै उमेरमा अन्तर्राष्ट्रिय जगतमा चम्किएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने यतिखेर इन्टरपोलको खोजी सूचिमा टाँगिएका छन्। क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगेको बेला उनी १७ व’र्षीया नाबा’लिगमाथि बला’त्कार गरेको आरोपमा मुछिए। त्यसपछि खेललाई बीचैमा टुंग्याउँदै उनी त्यहाँबाट सम्पर्कबिहिन भए। नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गर्‍यो। […]

You May Like

error: