पाकिस्तानी ब्याट्सम्यानको तीखो शटको शिकार भए अम्पायर [भिडियो सहित]

काठमाडौँ ।

लाहोरमा भएको छैटौं टी–२० खेलमा पाकिस्तान क्रिकेट टोलीलाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सात खेलको शृङ्खला ३–३ को बराबरी गरेको छ । यो खेलको क्रममा यस्तो घटना देखियो जुन खेल मैदानमा निकै कम हुन्छ ।

वास्तवमा यो खेलमा पाकिस्तानी ब्याट्सम्यानको शट अम्पायरमा गएर लागेको थियो । यो घटना पाकिस्तानको इनिङ्सको छैठौं ओभरमा भएको हो । पाकिस्तानले ३९ रनमा दुई विकेट गुमाएपछि हैदर अलीले रिचर्ड ग्लिसनको बाउन्सर प्रहार गर्दा लेग अम्पायर अलीम दारलाई तिघ्राको पछाडि लाग्यो।

प्रहार यति छिटो थियो कि अम्पायरिङ गरिरहेका अलीम डारले आफ्नो रक्षा गर्न सकेनन् । यसैबीच अर्को छेउमा उभिएका हैदर र कप्तान बाबर आजमले आफ्नो छेउ बदलेर एक रन पूरा गरे । यो भिडियो पाकिस्तान क्रिकेट बोर्डले आफ्नो ट्विटर अकाउन्टबाट पोस्ट गरेको हो ।

भिडियोमा बल प्रहार गरेपछि अलीम दारले खुट्टामा हात लगाएको देख्न सकिन्छ । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्ता घटना विरलै हुने गरेको पाइन्छ । अर्कोतर्फ यदि खेलको कुरा गर्ने हो भने पाकिस्तानले पहिलो २० ओभर खेल्दै ६ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५९ बलमा ७ चौका र तीन छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए । जवाफमा आयोजक इङ्ल्यान्डले १५ औं ओभरमा लक्ष्य पुरा गर्यो । इंग्लिस टोलीले दिएको लक्ष्य पछ्याउँदै फिल साल्टले ४१ बलमा अविजित ८८ रन बनाए ।

उनले आफ्नो सनसनीपूर्ण पारीमा १३ चौका र तीन छक्का प्रहार गरे। उनीहरु बाहेक बेन डकेटले १६ बलमा चार चौकाको मद्दतले अविजित २६ रन बनाए । सिरिजमा ३–३ को बराबरी भएको छ । अबको खेल निर्णायक हुनेछ । यसबारे पाकिस्तानी कप्तान बाबर आजमले प्रतिक्रिया दिएका छन् ।

उनले मिडल अर्डरलाई जिम्मेवारी लिन आग्रह गरे। बाबर आजमले सुरुमा दुई विकेट गुमाएपछि आफुलाई १७० रन राम्रो स्कोर भएको बताए । सायद हामीले १० रन कम बनायौं। साल्टले शुरुवाती ४ देखि ५ ओभरमा जसरी ब्याटिङ गरे, इंग्ल्याण्डले हामीबाट खेल खोस्यो ।

सम्बाददाता

Leave a Reply

Next Post

रोहित-विराट होइन, टी-२० क्रिकेटमा छाउदैछन यी ब्याट्सम्यान, बनाए ठूलो रेकर्ड

Sat Oct 1 , 2022
काठमाडौँ । रोहित शर्मा र विराट कोहलीले भारतीय टोलीका लागि धेरै खेलहरू आफ्नै बलमा जिताएका छन्। जब यी दुवै खेलाडी आफ्नो लयमा हुन्छन्, यिनले कुनै पनि बलिङ आक्रमणलाई तोड्न सक्छन्। अब पाकिस्तानका कप्तान तथा सुपरस्टार ब्याट्सम्यान बाबर आजमले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएका छन् । उनी अहिले उत्कृष्ट लयमा दौडिरहेका […]

You May Like

error: