सन्दीपले गरे आत्मस’र्मपण,आफू निर्दोष रहेको दाबी

काठमाडौँ ।

नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो।नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ गर्न सक्नेछन्।

यति समय सन्दिप कहाँ छन् र कहिले आउछन नेपाल भन्ने सबैको चासोको बिषय बनेको छ। सनिबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे सन्दिपले जानकारी दिएका छन्।

अक्टोबर ६, २०२२ अर्थात अशोज २० गते नेपाल आउने र आफु बिरुद्द लागेको झुटो आरोपको बिरुद्द लड्ने बताएको छन्।  उनि थप लेख्छन “ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आउने छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु।

म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोराउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।

मेरा प्रिय शुभचिन्तकहरू म निर्दोष छु र मैले तपाईलाई कुनै गल्ती गरेको छैन भनी सबैलाई आश्वासन दिन्छु। मैले भोगेको अप्रिय अवस्थाबाट मुक्त भएँ र आफूलाई निर्दोष र षड्यन्त्रको सिकार साबित गर्नको लागि यो परीक्षाबाट गुज्रन तयार छु । म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।”

पहिला सन्दीपले आफुविरुद्ध परेको उजुरीले मानसिक रुपमा विछिप्त बनाएको समेत उल्लेख गरेका थिए । जसको कारण बिरामी हुँदा आफुलाई आइसोलेसनमा राखेर स्वास्थ्यलाभ गरिरहेको सन्दीपले बताएका छन् ।

प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ । ‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले भने ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दीपलाई ब'लात्कारी भनेपछि जयनारी सावित्रा विरुद्ध खनिए सन्दीपका फ्यान

Sat Oct 1 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।यति समय सन्दिप कहाँ छन् र कहिले आउछन नेपाल भन्ने सबैको चासोको बिषय बनेको छ। सनिबार बिहानै सामाजिक संजालमा पोस्ट गर्दै नेपाल आउने बारे सन्दिपले जानकारी दिएका छन्। अक्टोबर ६, […]

You May Like

error: