इंग्ल्याण्ड विरूद्द‌ पाकिस्तानको लज्जास्पद हार, १५औ ओभरमा सक्कियो खेल

काठमाडौँ ।

इंग्ल्याण्डले धमाकेदार खेल प्रदर्शन गर्दै छैटौं टी–२० खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । अब एक खेल बाँकी रहँदा सिरिज ३–३ को बराबरीमा छ । पहिले खेल्दै पाकिस्तानले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो ।

जवाफमा खेल्दै इङ्ल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाएर १७० रन बनाएर खेल जित्यो ।इङ्ल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि मोहम्मद रिजवानको अनुपस्थितिमा ओपन गर्न आएका मोहम्मद हरिसको विकेट चटकाए। उनी ७ रन बनाएर आउट भए ।

उनीपछि शान मसुद पनि खाता नखोल्दै आउट भए । यहाँबाट इंग्ल्यान्डले खेलमा पकड बनाए पनि बाबर आजमले एक छेउबाट खेल जारि राखे । अर्को छेउबाट हैदर अलीले १८ र इफ्तिखारले ३१ रन बनाए । बाबर आजमले अर्धशतक बनाएपछि तीव्र गतिमा खेल्न थाले । उनले ५९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाएर टोलीको स्कोर ६ विकेटमा १६९ रनमा पुर्याएका थिए ।

इंग्ल्यान्डका लागि साम करन र डेभिड विलीले २–२ विकेट लिए । भने जवाफमा इंग्ल्याण्डले तुफानी ब्याटिङ प्रदर्शन गर्दै तीव्र सुरुवात गरेको थियो । इंग्ल्याण्डका ओपनर फिलिप साल्ट र एलेक्स हेल्सले तीव्र गतिमा खेल्दै पहिलो विकेटका लागि ५५ रन जोडे। यसैबीच हेल्स १२ बलमा २७ रन बनाएर आउट भए ।

उनीपछि डेभिड मलान खेल्न आए र उनले पनि तीव्र ब्याटिङ गरे । पावरप्लेमा इंग्ल्याण्डले ६ ओभरमा १ विकेट गुमाएर ८२ रन बनाएको थियो ।साल्टले तुफानी ब्याटिङ गर्दै अर्धशतक बनाए । डेभिड मलान १८ बलमा २६ रन बनाएर आउट भए । उनि पछि बेन डकेट आए र इंग्ल्याण्डले अन्य कुनै विकेट गुमाएन।

साल्टसँगै उनले इंग्ल्याण्डलाई जित दिलाए।साल्टले ४१ बलमा ८८ रनको अविजित इनिङ्स खेले । उनी बाहेक डकेटले १६ बलमा अविजित २६ रन बनाए । पाकिस्तानका शादाब खानले २ विकेट लिए ।

सम्बाददाता

Leave a Reply

Next Post

इंग्ल्याण्डसँगको लज्जास्पद हारबारे बाबर आजमले दिए ठुलो बयान

Sat Oct 1 , 2022
काठमाडौँ । इंग्ल्याण्डले धमाकेदार खेल प्रदर्शन गर्दै छैटौं टी–२० खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । अब एक खेल बाँकी रहँदा सिरिज ३–३ को बराबरीमा छ । पहिले खेल्दै पाकिस्तानले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा खेल्दै इङ्ल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाएर १७० रन बनाएर […]

You May Like

error: