सूर्यकुमार यादवको तुफानी ब्याटिंगमा भारतको सानदार जित

काठमाडौँ ।

भारतीय टोलीले दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा धमाकेदार सुरुवात गरेको छ । भारतले ८ विकेटले जित्दै सिरिजमा अग्रता लिएको छ । पहिले खेलेको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

जवाफमा भारतीय टोलीले १७ औं ओभरमा २ विकेट गुमाएर ११० रन बनाएर खेल जितेको छ। टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाको टोलीको सुरुवात खराब रह्यो । कप्तान टेम्बा बाभुमा खाता नखोलेर आउट भए । त्यसपछि क्विन्टन डी कक १ र रिले रोसोभ खाता खोल्न नदिई आउट भए ।

बलरहरूले रोहितलाई निराश गरेनन् र २.३ ओभरमा ९ रन दिएर ५ विकेट लिएर दक्षिण अफ्रिकी टोलीको सुरुवात नै बिगारे । दक्षिण अफ्रिकाले नियमित अन्तरालमा विकेट गुमायो । यसरी स्कोर ५ विकेटमा १८ रन बन्यो । केही समयपछि एडन मार्कराम पनि २४ रनमा सिमित भए ।

भान पार्नेलले २४ र केशव महाराजले ४१ रन बनाएर टोलीलाई १०० भन्दा माथि पुर्याए । दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । अर्शदीप सिंहले ३ विकेट लिए । उनका अलावा दीपक चाहर र हर्षल पटेलले २–२ विकेट लिए । काउन्टर इनिङ्स खेल्दै भारतीय टोलीको सुरुवात खराब रह्यो ।

रोहित शर्मा खाता नखोल्दै आउट भए । उनीपछि विराट कोहली पनि ३ रन बनाएर आउट भए । यहाँबाट केएल राहुल र सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरे । सूर्यकुमार यादवले ३३ बलमा ५० रन बनाएर अविजित रहे । राहुलले ५६ बलमा अविजित ५१ रन खेले । यसरी भारतले १७ औं ओभरमा २ विकेट गुमाएर ११० रन बनाएर खेल जित्यो ।

भारत: रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पंत (विकेटकीपर), दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, रविचंद्रन अश्विन, दीपक चाहर और अर्शदीप सिंह.

सम्बाददाता

Leave a Reply

Next Post

मोइन अलीको तूफानी इनिङ्स बेकार, पाकिस्तान बिरुद्द इङ्ल्यान्ड पराजित

Thu Sep 29 , 2022
काठमाडौँ । पाँचौं टी–२० खेलमा इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै पाकिस्तानले सात खेलको सिरिजमा ३–२ को अग्रता लिएको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानको टोली १९ ओभरमा १४५ रन बनाएर आउट भएको थियो । जवाफमा इङ्ल्यान्डको टोलीले ७ विकेट गुमाएर १३९ रन मात्र बनायो । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ […]

You May Like

error: