काठमाडौं ।
माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।मालेमा मंगलबार राति श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले श्रीलंकामाथि ५५-४९ को जित निकालेको हो ।यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो ।पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो ।सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१-४७ ले हराएको हो ।रोमान्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो ।
अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।प्रतियोगितामा ४ राष्ट्र सहभागी छन् । राउण्ड रोबिनको लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।
बङ्गलादेश माथि नेपालको सानदार जित
नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३-१ गोल अन्तरले हराएको हो ।नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । अन्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।
बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । सुरुआतमा बंगलादेश आक्रामक देखिएको थियो । सातौं मिनेटमा गोलकिपर किरण चेम्जोङ अघि बढेको अवस्थामा सुमन अर्यालले हेडरबाट क्लियर गर्न खोजेको बल आफ्नै पोस्टतर्फ गएको थियो । तर, गोललाइन नजिकै रहेका रोहित चन्दले बल क्लियर गर्दै गोल हुनुबाट जोगाए ।
खेलको १८ औं मिनेटमा पेनाल्टी बक्सको नजिकबाट बंगलादेशका कप्तान जमल भुयानको उत्कृष्ट फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिएको थियो ।
तर, सेट पिसमा उत्कृष्ट देखिएको नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् ।२६ औं मिनेटमा बंगलादेशका साजाद होसेनको प्रहार नेपालका गोलकिपर किरणले बचाए ।
२७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । नुतुनले विमललाई फउल गरेपछि नेपालले फ्रिकिकको अवसर पाएको थियो । जसमा विशाल राईको फ्रिकिकमा अन्जनले हेडमार्फत उत्कृष्ट गोल गरे ।