सन्दीपको लोकेसन भेटियो, २१ दिनमै यी ४ देशको यात्रा

काठमाडौँ ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो।नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ गर्न सक्नेछन्।

डिफ्युजन नोटिस भनेको अन्तर्राष्ट्रिय प’क्राउ पू’र्जी जस्तै हो। लामो समय सम्पर्कविहीन भएका सन्दीपले आइतबार मात्रै आफू चाँडै नेपाल फर्किने फेसबुकमा उल्लेख गरेका थिए। सन्दीपविरु’द्ध एक नाबालिगले भदौ २१ गते ब’ला त्कार आ’रोपमा जाहेरी दिएकी थिइन्।

जा’हेरी परेसँगै राष्ट्रिय क्रिकेट टिमबाट निलम्ब’नमा परेका लामिछाने अब भने पक्रा’उ पर्ने सम्भावना बढेको छ। क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका लामिछाने उतै बेखबर बनेपछि इन्टरपोलको सहयोग मागिएको नेपाल प्रहरीले बताएको छ।

प्रहरी स्रोतका अनुसार सन्दीप यसबीचमा सिंगापुर, भारत र दुबई आवतजावत गरेका छन् । अहिले उनी सिंगापुरमा रहेको प्रहरी स्रोतको दाबी छ । ‘उनी कहाँ छन् भन्ने हामीलाई थाहा छ, हामीले रेकी गरिरहेका छौं, तर उनी आफैं नेपाल नआएपछि हामीले प्रक्रियामार्फत ल्याउन लागेका हौं,’ इन्टरपोल नेपाल शाखाका एक प्रहरी अधिकृतले भने ।

सन्दीप सिंगापुरमा रहेको सूचना प्रहरीलाई भए पनि आधिकारिक रूपमा खोजीका लागि डिफ्युजन नोटिस जारी भएको हो । सन्दीपले आइतबार राति सामाजिक संजाल फेसबुकबाट आफु बिरामी परेको उल्लेख गर्दै उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका हुन् ।

सन्दीपले आफुविरुद्ध परेको उजुरीले मानसिक रुपमा विछिप्त बनाएको समेत उल्लेख गरेका छन् । जसको कारण बिरामी हुँदा आफुलाई आइसोलेसनमा राखेर स्वास्थ्यलाभ गरिरहेको सन्दीपले बताएका छन् ।

उनि लेख्छन ‘१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु।’

सम्बाददाता

Leave a Reply

Next Post

आइसोलेसनमा रहेका सन्दीपलाई आईसिसीले दियो खुसीको खबर

Wed Sep 28 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा दीपेन्द्र ५९ औं स्थानमा रहेका हुन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत रहेको […]

You May Like

error: