बंगलादेशविरुद्ध खेल्ने नेपालको बलियो सुरुआती-११ सार्वजनिक

काठमाडौँ ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।नेपालका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।

दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत केहि दिन अघि भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० गोलले हराएको छ।

फिफा वरीयतामा बंगलादेशभन्दा कम्बोडिया १८ स्थान अगाडि छ। ५ खेलमध्ये ४ मा जित र १ मा बराबरीको नतिजा बंगलादेशले निकालेको छ। कम्बोडियालाई हराएको यही टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल भए पनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ। बंगलादेश तुलनात्मक रुपमा नेपालमाथि हाबी हुँदै आएको छ। बंगलादेशसँग नेपालले १३ पटक हारेको छ भने तिन पटक बराबरी खेलेको छ। ७ खेलमा भने बंगलादेशलाई नेपालले पराजित गरेको छ।कुल २३ खेल खेल्दा बंगलादेशले जम्मा ३५ गोल गरेको छ भने नेपालले जम्मा १९ गोल मात्र गरेको छ ।

पछिल्लो खेलहरुमा बंगलादेशसँग नेपालले जित्दै आएको छ। पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले बंगलादेशसँग दुई खेलमा जित हात पार्दा दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

पछिल्लो पाँच खेलमध्ये २०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो। २०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग ०-० गोलको बराबरी खेलेको थियो भने २०२१ को साफमा १-१ गोलको बराबरी खेलेको थियो ।त्यस्तै नेपालले २०२१ को थ्री नेसन कपमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

२०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो । सिनियर खेलाडीको पुनरागमन भएको नेपाली फुटबल टिमले बंगलादेशविरुद्ध शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ।

नेपाली टोली –
किरण चेम्जोङ,रोहित चन्द, अनन्त तामाङ,दिनेश राजवंशी,सुमन अर्याल,तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ , विमल घर्तिमगर, अन्जन विष्ट   ।

सम्बाददाता

Leave a Reply

Next Post

बङ्गलादेश विरूद्ध नेपालको सानदार गोल

Tue Sep 27 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजेबाट खेल सुरु भएको हो। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले सुरुवाती अग्रता लिएको छ।खेल […]

You May Like

error: