काठमाडौँ ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आईसकेको छ । बंगलादेशले कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।
नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ । एन्फाका अनुसार नेपाल र बंगलादेश बीचको खेलमा दर्शकहरुका लागि सामान्यतर्फ पाँच सय र भिआईपीतर्फ १ हजार र ५ हजार दरको टिकट मुल्य निर्धारित गरिएको छ । साथै टिकट दशरथ रंगशालाबाट नै खरिद गर्न सकिने पनि एन्फाले जनाएको छ ।
पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतैरीले राजिनामा दिएपछि प्रदिप हुमागाईँले कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मा सम्हालीरहेका छन् । आफुले राजिनामा दिएपनि नेपाली फुटबल प्रति अब्दुल्लाह अल्मुतैरीको चासो र माया घटेको जस्तो भने देखिदैन ।
नेपाल र बंगलादेशको मैत्रीपुर्ण खेलअघि नेपाली फुटबल खेलाडीको भिडियो आफ्नो समजिक संजालमा राखेका छन्। उक्त भिडियोमा नेपालि फुटबललाई उनले मिस गरेको र नेपाली फुटबल खेलाडीको फोटो राखेको छ ।
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्ने भएको छ।एक्सन स्पोर्ट्सले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण प्रत्यक्ष प्रशारण गरिने जनाएको छ। खेलका लागि एन्फाले भिआइपितर्फ एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ।
बंगलादेश बिरुद्द जितको लागि नेपाल बलियो टोलीसहित मैदानमा उत्रिनेछ।नेपालले आज ३-३-३-१ को सेट मा मैदानमा उत्रिने सम्भाबना रहेको छ। त्यसको लागि यस्तो हुन सक्छ नेपालको सुरुवाती प्लेयिंग-११:
नेपाली टोली– गोलकिपर किरण चेम्जोङ(गोलकिपर)(कप्तान), रोहित चन्द, अनन्त तामाङ,सुमन अर्याल, रेजिन धिमाल, एरिक विष्ट,तेज तामाङ,सुजल श्रेष्ठ,विमल घर्तीमगर, अन्जन विष्ट,मनिष डाँगी