नेपालले बलियो टोलि बंगलादेशसँग भीडदै,यस्तो छ नेपालको मुख्य रणनीति

काठमाडौँ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आईसकेको छ । बंगलादेशले कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।

बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

नेपाल भने यस फिफा इन्टरनेसनल विन्डोमा पहिलो मैत्रीपूर्णको तयारीमा रहेको छ । एन्फाका अनुसार नेपाल र बंगलादेश बीचको खेलमा दर्शकहरुका लागि सामान्यतर्फ पाँच सय र भिआईपीतर्फ १ हजार र ५ हजार दरको टिकट मुल्य निर्धारित गरिएको छ । साथै टिकट दशरथ रंगशालाबाट नै खरिद गर्न सकिने पनि एन्फाले जनाएको छ ।

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्ने भएको छ।एक्सन स्पोर्ट्सले सोमबार नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण प्रत्यक्ष प्रशारण गरिने जनाएको छ। विभिन्न प्रतियोगितामा नेपाल र बंगलादेश हालसम्म २६ पटक आमने सामने भएका छन्।

जसमध्ये आधाभन्दा बढि खेलमा बंगलादेश विजयी भएको छ। नेपाल र बंगलादेशको पछिल्लो भेट भने सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा भएको थियो। त्यतिबेला नेपाल र बङ्गलादेशलले १–१ गोलको बराबरी खेलेका थिए।

खेलका लागि एन्फाले भिआइपितर्फ एक हजार र साधारण प्याराफिटतर्फ रु पाँच सय मूल्य तोकेको छ। त्यसैगरी एन्फाले यस खेलका लागि भिआइपीतर्फको ८० वटा सिट रु पाँच हजारको दरले मूल्य तोकेको छ।

फुटबल खेललाई सहयोग गर्ने चाहने व्यक्तिका कदर र सहजै टिकट उपलब्ध गर्नको लागि रु पाँच हजार मूल्य राख्ने निर्णय गरेको एन्फाले जनाएको छ। टिकट भने अनलाइन नभइ भौतिक रुपमा नै बिक्री हुनेछ।

नेपाली टोलीमा कप्तान किरण चेम्जोङसहित विशाल श्रेष्ठ, दीपक कार्की, विकास कुथु, रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजबंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल, सुदीप गुरुङ, तेज तामाङ र सेसेहाङ आङदेम्बे छन्।

त्यसैगरी विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्युठकुरी, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, हृतिक खड्का, मनिस डाँगी र आषिश चौधरी छन्।

सम्बाददाता

Leave a Reply

Next Post

बंगलादेशबिरुद्द नेपालको यस्तो छ बलियो सम्भावित प्लेयिंग-११

Tue Sep 27 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। घरेलु मैदान दशरथ रंगशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण […]

You May Like

error: