बिगत हेर्दा नेपालमाथि हाबी हुँदै आएको छ बंगलादेश, यस्तो छ दुवै टोलीको बिगत

काठमाडौँ ।

नेपालले बङ्गलादेशसँग केही दिनमा अर्थात असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ । दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि ब‌ंगलादेशी फुटबल टिम नेपाल आइपुगेको छ।बंगलादेशको राष्ट्रिय टोली शनिबार बिहान नेपाल आएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बंगलादेश भने यतिबेला उच्च फर्ममा देखिएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत केहि दिन अघि भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० गोलले हराएको छ।

फिफा वरीयतामा बंगलादेशभन्दा कम्बोडिया १८ स्थान अगाडि छ। ५ खेलमध्ये ४ मा जित र १ मा बराबरीको नतिजा बंगलादेशले निकालेको छ। कम्बोडियालाई हराएको यही टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यस्तो छ बिगत :
मैत्रीपूर्ण खेल भए पनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ। बंगलादेश तुलनात्मक रुपमा नेपालमाथि हाबी हुँदै आएको छ। बंगलादेशसँग नेपालले १३ पटक हारेको छ भने तिन पटक बराबरी खेलेको छ। ७ खेलमा भने बंगलादेशलाई नेपालले पराजित गरेको छ।

पछिल्लो खेलहरुमा बंगलादेशसँग नेपालले जित्दै आएको छ। पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले बंगलादेशसँग दुई खेलमा जित हात पार्दा दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

पछिल्लो पाँच खेलमध्ये २०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो। २०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग ०-० गोलको बराबरी खेलेको थियो भने २०२१ को साफमा १-१ गोलको बराबरी खेलेको थियो ।त्यस्तै नेपालले २०२१ को थ्री नेसन कपमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

२०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो । सिनियर खेलाडीको पुनरागमन भएको नेपाली फुटबल टिमले बंगलादेशविरुद्ध शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ।

यस्तो छ नेपाली टिम
गोलकिपर :
 किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ, सुनिल बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,

सम्बाददाता

Leave a Reply

Next Post

घरेलु मैदानमा बंगलादेशलाई हराउने बारे यस्तो छ प्रशिक्षक हुमागाईको रणनिति

Sun Sep 25 , 2022
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा हुने खेलमा नेपालले बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने योजना बनाएको छ । यसका लागि मुख्य प्रशिक्षक प्रदीप हुमागाईले २३ सदस्यीय टोली तयार पारेका छन् । नेपाली टोलीले विगत एक महिनादेखि प्रशिक्षण गरिरहेको छ […]

You May Like

error: