नेपालले बंगलादेश विरुद्ध खेल्दै,यस्तो छ बिगत

काठमाडौँ ।

नेपालले बङ्गलादेशसँग केही दिनमा अर्थात असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दैछ । दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि ब‌ंगलादेशी फुटबल टिम नेपाल आइपुगेको छ।बंगलादेशको राष्ट्रिय टोली शनिबार बिहान नेपाल आएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जानकारी दिएको छ।

नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको बंगलादेश भने यतिबेला उच्च फर्ममा देखिएको छ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत केहि दिन अघि भएको खेलमा बंगलादेशले कम्बोडियालाई १–० गोलले हराएको छ।

फिफा वरीयतामा बंगलादेशभन्दा कम्बोडिया १८ स्थान अगाडि छ। ५ खेलमध्ये ४ मा जित र १ मा बराबरीको नतिजा बंगलादेशले निकालेको छ। कम्बोडियालाई हराएको यही टोलीले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यस्तो छ बिगत :
मैत्रीपूर्ण खेल भए पनि बंगलादेश नेपालको बलियो प्रतिद्वन्द्वी हो। यतिबेला बंगलादेशको टिम बलियो देखिएको छ। बंगलादेश तुलनात्मक रुपमा नेपालमाथि हाबी हुँदै आएको छ। बंगलादेशसँग नेपालले १३ पटक हारेको छ भने तिन पटक बराबरी खेलेको छ। ७ खेलमा भने बंगलादेशलाई नेपालले पराजित गरेको छ।

पछिल्लो खेलहरुमा बंगलादेशसँग नेपालले जित्दै आएको छ। पछिल्लो पाँच खेललाई नियाल्ने हो भने नेपालले बंगलादेशसँग दुई खेलमा जित हात पार्दा दुई खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ।

पछिल्लो पाँच खेलमध्ये २०१८ को साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो। २०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग ०-० गोलको बराबरी खेलेको थियो भने २०२१ को साफमा १-१ गोलको बराबरी खेलेको थियो ।त्यस्तै नेपालले २०२१ को थ्री नेसन कपमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

२०२० मा भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो । सिनियर खेलाडीको पुनरागमन भएको नेपाली फुटबल टिमले बंगलादेशविरुद्ध शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ।

यस्तो छ नेपाली टिम
गोलकिपर :
 किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, सुदीप गुरुङ, सुनिल बल, आयुष घलान, आभास लामिछाने, संजोग राई,

सम्बाददाता

Leave a Reply

Next Post

Kenjal Mehar and the Band to Perform in Sydney on November 5, 2022

Sun Sep 25 , 2022
MG group is almost finalizing the preparations for The Angel Night Musical Fest to be organized in Sydney, Australia on November 5, 2022. Kenjal Mehar Shrestha and her band are performing for the most awaited event. Kenjal and her band are expected to perform variety of genres comprising old hits […]

You May Like

error: