काठमाडौँ ।
शनिबार कोइम्बटूरमा भएको दुलीप ट्रफीको साउथ जोन र वेस्ट जोनबीचको फाइनलमा यशस्वी जैसवालले ठूलो उपलब्धी हासिल गरेका छन् । शुक्रबार पश्चिम जोनका लागि दोहोरो शतक प्रहार गरेका जैसवाल चौथो दिन २६५ रन बनाएर आउट भए ।
यससँगै उनले प्रथम श्रेणी क्रिकेटमा १३ इनिङ्समा एक हजार रन पुरा गरेका छन् । उनी प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा छिटो १००० रन बनाउने भारतीय ब्याट्सम्यान बनेका बन्न सफल भएका छन्। यस मामिलामा उनले ऋषभ पन्तलाई पछाडि छोडे।
जैसवालले रुसी मोदी र अमोल मजुमदारको बराबरी गरेका छन् । यी दुवै पूर्व खेलाडीले पनि १३ खेल खेलमा १००० रन पुरा गरेका थिए । जबकि पन्तले १४ खेलमा यो उपलब्धि हासिल गरेका थिए । दुलीप ट्रफीको फाइनल सुरु हुनुअघि जैसवालले ११ इनिङ्स खेल्दै ७४९ रन बनाएका थिए ।
बायाँ हाते ब्याट्सम्यान पहिलो इनिङ्समा एक रनमा आउट भएका थिए । यस वर्ष दुलीप ट्रफीमा जैसवालको यो दोस्रो दोहोरो शतक हो। प्रथम श्रेणी क्रिकेटमा जैसवालले ५ शतक र १ अर्धशतक बनाएका छन् ।
यसबाहेक सरफराज खानको उत्कृष्ट लय पनि जारी छ । उनले अविजित शतक पनि बनाए । रणजी ट्रफी २०२२ को फाइनलमा मध्य प्रदेश विरुद्धको खेलमा यो दायाँ हाते ब्याट्सम्यानले शतक प्रहार गरेका थिए । उनले दक्षिण क्षेत्रविरुद्धको दोस्रो इनिङ्समा नटआउट १२७ रन बनाएका थिए ।
यसबाहेक पश्चिम क्षेत्रका लागि श्रेयस अय्यरले ७१ र विकेटकिपर ब्याट्सम्यान हेत पटेलले ६१ बलमा अविजित ५१ रन बनाए । दक्षिण क्षेत्रका लागि के गौतमले २ तथा साई किशोरले २ विकेट लिए ।
अजिंक्य रहाणेको नेतृत्वमा रहेको टोलीले ५ सय ८५ रनमा इनिङ्स घोषणा गरेको थियो । पश्चिम क्षेत्रले पहिलो इनिङ्समा २७० रन बनाएको थियो । दक्षिण क्षेत्रको टोली ३२७ रनमा अलआउट भयो । पश्चिम क्षेत्रका लागि जयदेव उनाडकटले ४ र अतित सेठले ३ विकेट लिए । यसबाहेक चिन्तन गजाले २ तथा तनुष कोटियानले १ विकेट लिए ।