काठमाडौँ
भारतले हङ थिन्ह प्रतियोगिताको आफ्नो पहिलो खेल सेप्टेम्बर २४ मा भियतनामको हो ची मिन्ह सिटीको थोङ नाट स्टेडियममा सिंगापुरसँग भएको खेलमा बराबरी गरेको छ। फिफा रेकिंगमा सिंगापुर भन्दा ५५ औ स्थान अघि रहेको भारत सिंगापुर बिरुद्द १/१ गोलको बराबरीमा सिमित रहयो। खेलको पहिलो हाफमा दुवै टोलिले १/१ गोल गर्दै बराबरी गरेका थिए ।
त्यसपछि दुवै टोलीले कुनै गोल गर्न सकेनन र १/१ को बराबरीमा खेल समाप्त भयो। खेलको ३८औ मिनेटमा इख्सान फान्दीले आफ्नो फ्रि किकलाई राम्रोसँग युज गर्दै सिंगापुरको लागि पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४३ औ मिनेटमा सुनिल क्षेत्रीले आशिकलाई दुई डिफेन्डरको बीचमा राम्रो बल दिए। दबाबमा रहेका आशिकले आफ्नो शान्तता कायम राख्दै बललाई कम फाईनेस शटमार्फत नेट भित्रै लैजान सफल भएर खेल १-१ को बरबरि मा पुगेको थियो।
भारत फिफा रेकिंगमा सिंगापुर भन्दा ५५ औ स्थान अघि रहेको छ । फिफा रेकिंग अनुसार भारत १०४ र सिंगापुर १५९औ स्थानमा रहेको छ । भारत र सिंगापुरले सबै प्रतियोगिता र मैत्रीपूर्ण खेलमा २६ पटक खेलेका छन्। भारतले १२ खेल जितेको छ भने सिंगापुरले ११ खेल जितेको छ भने तीन खेल बराबरीमा टुंगिएको छ ।
इन्डिया इलेभेन- गुरप्रीत सिंह सन्धु (गोल किपर), नरेन्द्र गहलोत, रोशन सिंह नौरेम, अनवर अली, आकाश मिश्रा, लिस्टन कोलाको, मोहम्मद आशिक कुरुनियान, अनिरुद्ध थापा, ज्याक्सन सिंह, सहल अब्दुल समद र सुनिल क्षेत्री।
सिङ्गापुर ११ – हसन सन्नी, जोशुआ, नजरुल नाजारी, एम. अनुमन्थन, शाह सहिरन, इक्षान फान्डी, एडम स्वान्डी, हरिस हारुन, रिहान स्टीवर्ट, इरफान फान्दी र हज्जुवान हलिम।
खेलाघी मुख्य प्रसिक्षक् स्टिम्याक भन्छन “सिङ्गापुरले हालैका वर्षहरूमा ठूलो प्रगति गरेको छ। तिनीहरूसँग नयाँ कोच छ, जसले प्रणालीमा केही परिवर्तनहरू गरेका छन् जसले प्रायः विपक्षीहरूलाई गाह्रो बनाउँछ। तर म मेरा खेलाडीहरूलाई उनीहरूविरुद्ध आत्मविश्वासका साथ खेल्न र उनीहरूका लागि हामीसँग के छ भनेर देखाउन भन्छु, ”
“हामीले यो तथ्यलाई बेवास्ता गर्नु हुँदैन कि उनीहरूको फिटनेस स्तर अहिले हाम्रो भन्दा राम्रो छ, तर हामी कम्पोज हुनुपर्दछ र हाम्रो मनोबल उच्च राखेर मैदानमा उत्रनु आवश्यक छ।” तर उनीसँग सिंगापुरको आक्रमण लाइनलाई खाडीमा राख्न पर्याप्त खेलाडीहरू छन् भन्ने लाग्छ।