काठमाडौं।
आगामी ग्लोबल पावर क्रिकेट लिग (GPCL) को काउन्टडाउन सुरु भएको छ । आठ टोली सम्मिलित टी-२० प्रतियोगिताको उद्घाटन संस्करण अक्टोबर २ बाट भारतमा सुरु हुँदैछ।सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । भारतीय नीलमणि, इङ्लिस रेड्स, स्कटिश मलबेरीज, र अमेरिकन इन्डिगोहरू पूल ए मा छन् भने अष्ट्रेलियन गोल्ड्स, साउथ अफ्रिकी इमराल्ड्स, श्रीलंकान भायोलेट्स, र आयरिश ओलिभहरूले भाग लिएका छन्।
यसै बीच ग्लोबल पावर क्रिकेट लिगमा नेपाली खेलाडीले सहभागी हुने भएका छन्।पुर्व नेपाली यु१९ राष्ट्रिय टोलिका महत्त्वपूर्ण खेलाडी राजबिर सिङले ग्लोबल पावर क्रिकेट लिग खेल्ने अनुबन्धित भएका छन्।उनलाई चर्चित भारतिय खेलाडी मुनाफ पटेलको टिमले आफ्नो टिममा समावेश गरेको हो।
भारतिय खेलाडी मुनाफ पटेलको टिम भारतीय नीलमणिले अनुबन्धित गरेको हो।राजबिर सिङले नेपालबाट यु१९ वर्ल्ड कप खेलेका थिए।सन् २०१६ भएको यु१९ वर्ल्ड कपमा नेपाली टिमका महत्त्वपूर्ण खेलाडी थिए। उनी हाल लुम्बिनी क्रीकेट टिमको सदस्य तथा दाङ जिल्ला क्रीकेट टिमको कप्तान तथा देउखुरी क्रीकेट एकेडेमीका पुर्व कप्तान रहेका छन।
उनले नेपालको पूर्व यु१९ टिमका लागि ५ खेल खेलेको थियो।जसमा उनले ७० रन बनाएका थिए।जसमा उनको भारत विरुद्ध ३४ रन बनाएका थिए। बंगलादेश विरुद्ध ९ रन बनाएका थिए।भने न्यूजिल्याण्ड विरूद्ध २४ रन बनाएका थिए।उनलाई भारतीय नीलमणिले ७००० अमेरिकी डलरमा अर्थात् ८ लाख ९० हजार भन्दा बढी रुपैयाँमा अनुबन्ध गरेको हो।
आठ टोली सम्मिलित टी-२० प्रतियोगिताको उद्घाटन संस्करण अक्टोबर २ बाट भारतमा सुरु हुँदैछ।प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा जान अघि प्रत्येक टोलीले समूह चरणमा तीनवटा खेल खेल्नेछन्, जहाँ प्रत्येक समूहको शीर्ष टोलीले अर्को समूहको दोस्रो स्थानको टोलीसँग खेल्नेछ।
सेमिफाइनलका विजेताहरूले अक्टोबर 9 मा फाइनलमा एक अर्काको सामना गर्नेछन्। सबै खेलहरू नयाँ दिल्लीको यमुना स्पोर्ट्स कम्प्लेक्स क्रिकेट मैदानमा खेलाइनेछ।फाइनल बाहेक, सबै दिनहरूमा डबल-हेडरहरू छन् समूह चरणका खेलहरू अक्टोबर ७ मा समापन हुनेछन् र दुवै सेमिफाइनल अक्टोबर ८ मा हुनेछन् ।