बङ्गलादेशसँग खेल्नु अघि नेपालका आधा दर्जन खेलाडीहरु डेंगी सक्रमित!

काठमाडौं।

गत सोमबार सम्पन्न साफ महिला च्याम्पिनयसिपका दौरान नेपालका दुई महत्वपूर्ण खेलाडी डेंगीले संक्रमित भए।प्रतियोगिता सुरु हुनुअघि मञ्जलीकुमारी योन्जन डेंगी संक्रमित भएपछि सबै खेल गुमाइन्। फरवार्ड सावित्रा भण्डारीलाई पनि भुटानविरुद्धको पहिलो खेल खेलेपछि डेंगीबाट संक्रमण भएको पुष्टि भयो।

जसका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको खेल र भारतविरुद्धको सेमिफाइनल खेल्न सकिनन्। बंगलादेशविरुद्ध ३-१ गोलले पराजित भएको फाइनलमा उनी दोस्रो हाफमा मात्र मैदान छिरेकी थिइन्।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगीले महिला टिमलाई मात्र होइन पुरुष टिमलाई पनि असर गर्‍यो। बन्द प्रशिक्षणका दौरान आधा दर्जन खेलाडी डेंगीले सक्रमित भएको कार्यवाहक प्रमुख प्रशिक्षक प्रदीप हुमागाईँले बताए।

उनका अनुसार सुरुमा डिफेन्डर गौतम श्रेष्ठलाई डेंगी भएको थियो। त्यसपछि गोलकिपर विशाल श्रेष्ठसहित भरत खवास, विकास खवास र सुरज ज्यु ठकुरी पनि संक्रमित भए। अहिले सबै खेलाडी संक्रमण मुक्त भइसकेको हुमागाईँको भनाइ छ। तर पनि डेंगीबाट राष्ट्रिय टिमलाई खतरा भने अझै छ।

आगामी असोज ११ मा बंगलादेशविरूद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि डेंगी संक्रमणको खतरालाई ध्यानमा राखेर राष्ट्रिय टिममा चार गोलकिपरलाई स्थान दिएको प्रशिक्षक हुमागाईँको तर्क छ।

‘हामीले डेंगी र घाइते भएका कारण तीन दिन गोलकिपरको प्रशिक्षणमा गर्न पाएनौं। अबको चार दिनको अवधिमा जे पनि हुन सक्छ। गोलकिपरमा रिक्स लिन नचाहेर चार जनालाई राष्ट्रिय टिममा स्थान दिएको हुँ,’ हुमागाईँले तर्क गरे।

दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि हुमागाईँले बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए।नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।

नेपाली टोली;
गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट
फरवार्डः विमल घर्तिमगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

सम्बाददाता

Leave a Reply

Next Post

नरेश बुढायरलाई क्यानडामा एक पछि अर्को सफलता

Sat Sep 24 , 2022
काठमाडौं। नेपालका पूर्व क्रिकेटर नरेश बुढायर आगामी राष्ट्रिय उच्च प्रदर्शनी च्याम्पियनसिपमा क्यानडाको प्रेसिडेन्ट इलेभेनबाट खेल्न छनोट भएका छन् ।क्यानडा चयन, प्रेसिडेन्ट इलेभेन र यू-२५ क्यानाडाले सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। नवनीत धालिवाल, साद बिन जाफर र हर्ष ठाकरको कप्तानीमा रहेको टोलीले क्रमशः १३ सदस्यीय टोली घोषणा गरेको छ । कञ्चनपुरमा जन्मेका बुढायर […]

You May Like

error: