५०० को स्ट्राइक रेटमा रन बनाएर सानदार फिनिसिंग गरेपछि यस्तो भन्छन दिनेश कार्तिक

काठमाडौँ ।

नागपुरमा भएको दोस्रो टी–२० खेलमा भारतीय टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । वर्षाले रोकिएको खेल रोहित शर्माको कप्तानीमा रहेको टोलीले ६ विकेटले जितेको थियो । अस्ट्रेलियाले आठ ओभरमा पाँच विकेट गुमाएर ९० रन बनाएको थियो।

यसपछि भारतीय टोलीले ७.२ ओभरमा लक्ष्य पूरा गर्‍यो। यो खेलमा दिनेश कार्तिक र ऋषभ पन्त दुवैलाई मौका दिइएको थियो । वर्षाका कारण खेल ८–८ ओभरमा सार्नुपरेको थियो । अष्ट्रेलियाले विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेड (४३*) को तुफानी इनिङ्समा ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनाएको थियो ।

यो खेलमा कप्तान रोहित शर्माले आक्रामक रुप देखाएका थिए । उनले केएल राहुलसँग ओपनिङ गर्ने जिम्मेवारी लिए र मात्र २.४ ओभरमा ३९ रन जोडे। त्यसमा राहुलको १० रनको योगदान थियो, जो इनिङ्सको तेस्रो ओभरको ५ औं बलमा प्याभिलियन फर्किएका थिए ।

रोहितले ४६ रन बनाए र जितपछि अविजित फर्किए । उनले २० बलमा चार चौका र धेरै छक्का प्रहार गरे । रोहित खेलको प्लेयर अफ द म्याच घोषित भए । एडम जाम्पाले १६ रन दिएर तीन विकेट लिए । यो खेलमा दिनेश कार्तिकले विजयी चौका प्रहार गरेका थिए। उनले ड्यानियल साम्सको इनिङ्सको ८ औं (म्याच अनुसार अन्तिम) ओभरको पहिलो बलमा उत्कृष्ट छक्का प्रहार गरे।

त्यसपछि अर्को बलमा डिप मिड विकेटमा खेल्दै उनले विजयी चौका प्रहार गरेका थिए । उनले ५०० को स्टाइक रेटमा २ बलमा १० रन बनाएर सानदार फिनिसिङ गरे । जितपछि कार्तिकले भने, ‘मैले रोहितसँग धेरै कुरा गरिनँ । उनले मलाई अब बलरले के गर्न सक्छ भनेर बताउन खोजिरहेका थिए। यी सबैलाई मिडल अर्डर ब्याट्सम्यानको रुपमा हेर्नुपर्छ ।

विजयी रन बनाउन पाउँदा राम्रो लाग्छ। बुमराहलाई टिममा पुनरआगमन देख्दा खुसी लाग्यो।  यस्ता कठिन खेलहरू खेल्न चाहान्छम तर सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै चोटपटक बिना दर्शकहरूलाई राम्रो शो प्रस्तुत गर्न पाउँदा हामी खुसी छौं। वास्तवमा, वर्षाका कारण मैदान अलिकति भिजेको थियो र यस्तो अवस्थामा खेलाडीलाई चोटपटक लाग्ने सम्भावना बढी हुन्छ ।

मैले केही क्रेडिट लिएको छैन। रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरे । मैले अन्तिम दुई बल पाएँ र प्रयास गरें। अष्ट्रेलियाको यो विश्वस्तरीय बलिङ आक्रमणको अगाडि नयाँ बलमा यस्ता शट खेल्नु सराहनीय छ । रोहित शर्मा किन यति ठूला खेलाडी हुन् भन्ने कुरा यसले देखाउँछ। उनीसँग फास्ट बल खेल्ने क्षमता छ ।

सम्बाददाता

Leave a Reply

Next Post

बङ्गलादेशसँग खेल्नु अघि नेपालका आधा दर्जन खेलाडीहरु डेंगी सक्रमित!

Sat Sep 24 , 2022
काठमाडौं। गत सोमबार सम्पन्न साफ महिला च्याम्पिनयसिपका दौरान नेपालका दुई महत्वपूर्ण खेलाडी डेंगीले संक्रमित भए।प्रतियोगिता सुरु हुनुअघि मञ्जलीकुमारी योन्जन डेंगी संक्रमित भएपछि सबै खेल गुमाइन्। फरवार्ड सावित्रा भण्डारीलाई पनि भुटानविरुद्धको पहिलो खेल खेलेपछि डेंगीबाट संक्रमण भएको पुष्टि भयो। जसका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको खेल र भारतविरुद्धको सेमिफाइनल खेल्न सकिनन्। […]

You May Like

error: